मेलिना राईको “बातै पक्का भो” सार्वजनिक



काठमाडौँ । गायिका मेलिना राई तथा गायक दिनेश लामाफोरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।

राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक ‘बातै पक्का भो’ बोलको गीतमा शब्द,संगीत र निर्माण कमल थिङ तामाङको रहेको छ ।

भिडियो सार्वजनिक कार्यक्रममा माननीय सांसद हरी उप्रेती प्रमुख अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

दिनेश पाख्रिनको निर्देशनमा बनेको भिडियोमा कृष गुरुङ र स्मारिका ढकाल फिचर्ड छन् । प्रेम लामाले छायाँकन गरेको भिडियोमा सम्पादन र कलर टेकेन्द्र शाहले गरेका हुन् । जेफोरके म्युजिक इन्टरटेन्टमेन्टले निर्माण गरेको भिडियो उत्कृस्ट बनेको छ ।

भिडियो सार्वजनिक कार्यक्रम संगै कार्यक्रममा केहि व्यक्तिहरुलाई सांस्कृतिक रत्न सम्मान प्रदान गरिएको छ । कार्यक्रममा कलाकार रबिन्द्र खड्का, गीतकार कृष्णहरी बराल,निर्देशक राजु शाह लगायतलाई सांस्कृतिक रत्न सम्मान प्रदान गरिएको छ । भिडियो जेफोरके म्युजिक इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्