कसो गरम म भन्दै दमदार प्रस्तुति लिएर आए कस्तुप पन्त (भिडियोसहित)



काठमाडौं । मानिसहरु भन्ने गर्छन् ‘फलानो त पटक–पटक मरे बाँच्यो’ अथवा कतिले भन्छन् ‘मत धेरै पटक मरेर बाँचेको मान्छे ।’ त्यस्ता भनाइहरु त्यतिकै आएका हुँदैनन् । विकल्प विहीनतामा आसा मारिएको जिन्दगी पनि पुनर्जीवित बन्यो भने मान्छेले बोल्ने भावनाहरु हुन् यी ।

यस्ता पीडादायक भावनाहरुलाई टपक्कै टिपेर चर्चित सर्जक कस्तुप पन्तले नयाँ गीतको श्रृजना गरेका छन् । मौलिकताको प्रयोग गर्न माहिर पन्तकै लय तथा शब्द रहेको ‘कसो गरम म’ बोलको उक्त गीतमा चर्चित गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्री’को स्वर रहेको छ ।

भिडियोमा भने कस्तुप पन्तसहित जुना गुरुङ, यशु भट्टराई र अशोक पौडेल लगायतको अभिनय रहेको छ । कुमार केसीले निर्देशन गरेको भिडियोको छायाँकन अजय रेग्मीले गरेका छन् भने सम्पादन अमृत चापागाईंले गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्