डिजिटल बैङ्क खोल्न कानुन पुनरवलोकन गर्ने सरकारको तयारी



काठमाडौं । सरकारले डिजिटल बैङ्क स्थापनाका लागि प्रारम्भिक प्रव्रिmया सुरु गर्ने भएको छ । डिजिटल बैङ्क स्थापनाका लागि विद्यमान कानुनी व्यवस्था पुनरवलोकन गर्ने निर्णयमा सरकार पुगेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा हालै सम्पन्न वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले डिजिटल बैङ्क स्थापनाको कानुनी आधार तयार गर्ने निर्णय गरेको हो ।

समितिले नेपाल राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन र नेपाल धितोपत्र बोर्डसम्बन्धी ऐनहरू संशोधनको प्रव्रिmयालाई शीघ्रता दिने निर्णय पनि गरेको छ । त्यस्तै वित्तीय मध्यस्थता लागत कम गर्ने सम्बन्धमा गर्नुपर्ने सुधारको विषयमा सम्बन्धित निकायले नीति एवं कार्यविधि तर्जुमा प्रव्रिmया तत्काल अगाडि बढाउने समितिको निर्णय छ ।

वित्तीय क्षेत्र, पुँजी बजार र बिमा क्षेत्रको गतिविधि एवं नियमनलाई थप प्रभावकारी बनाउने र समन्वयात्मक तरिकाले काम गर्ने समितिले निर्णय गरेको छ । नियामक निकायको क्षमता अभिवृद्धि गर्ने कार्यलाई सम्बन्धित संस्थाले तदारुकताका साथ अगाडि बढाउनुपर्ने समितिको निर्देशन छ ।

सहुलियतपूर्ण कर्जा कार्यव्रmमको प्रभावकारिताका सम्बन्धमा अध्ययन प्रतिवेदनसमेतलाई मानेर पुनरवलोकन गर्ने निर्णय पनि समितिले गरेको छ । बैठकले विपे्रषणलाई औपचारिक माध्यमबाट भिœयाउन प्रोत्साहनमूलक कार्यव्रmम सञ्चालन गर्ने, रेमिट्यान्स बन्ड जारी गर्न कार्ययोजना तयार गर्ने निर्णय गरेको छ ।

उत्पादनशील क्षेत्रमा वित्तीय साधन परिचालन गर्ने गरी वित्तीय क्षेत्रलाई प्रभावकारी रूपमा परिचालन गर्ने र लघुवित्त संस्थाबाट भइरहेको कर्जा व्यवस्थापन सम्बन्धमा प्रभावकारी नियमन गर्ने बैठकको निर्णय छ । यी सबै कार्यान्वयनका लागि सम्बन्धित निकायलाई दुई साताभित्र कार्ययोजना पेस गर्न पनि समितिले निर्देशन दिएको छ । यो समाचार गोरखात्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्