गीतकार मनुहाङ किराँती “साेलु”को शब्दमा “हाै हामी किराती“ सार्वजनिक



काठमाण्डौं । गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा रहेको “हाै हामी किराती“बाेलकाे गीत सार्वजनिक भएको छ ।  नेपाल बहुजातीय,बहुभाषिक,बहु साँस्कृतिक राष्ट्रमा यस गीतले समग्र सबै किरातीहरुकाे प्रतिनिधित्व गरेकाे छ।२०८० सालकाे कृष्ण जन्माष्टमीको अवसर पारेर गीतलाई सार्वजनिक गरिएको हो । गीतमा किराती भाषा,ईतिहास र सभ्यताका कुराहरु समेटिएको छ ।

सबित कुलुङ(आल्से)को संगीत,क्षितिज कुलुङकाे संगीत संयाेजन तथा मिक्सिङ,प्रेम कुमार कुलुङकाे आवाज,क्षितिज कुलुङकाे एरेन्ज, रेकर्डिङ्ग र मिक्सिङ्ग रहेको गीत ए लेभल स्टुडियो काठमाडाैमा रेकर्ड गरिएको हो ।  गीतकारकाे शब्दमा पाँचाै गीत हाे।यस अगि सालपा सिलिछाेमी..(कुलुङ भाषामा)मुर्चुङ्गा र बिनायाे,महाकुलुङ गान(संयुक्त),गुदेल माविकाे हीरक गान(संयुक्त)गीतहरु सार्वजनिक भईसकेकाे छ।

प्रतिक्रिया दिनुहोस्