मिलन र पुर्णको संखुवासभा चिनाउने गीत रिलिज, भिडियोमा रेखा फागो र बादल श्रेष्ठ



इटहरी । संखुवासभा जिल्लालाई म्युजिक भिडियोको माध्यमबाट चिनाउने उद्देश्य सहित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । संखुवासभा सोसाइटी युके को लगानिमा बनेको ‘हेर्दा राम्रो सार्है राम्रो संखुवासभा’ बोलको उक्त म्युजिक भिडियो यहि शनिबार युट्युब मार्फत सार्बजनिक गरिएको हो । संखुवासभाको पर्यटकीय, धार्मिक, सास्कृतिक तथा ऎतिहासिक स्थललाई आकर्षक ढङ्गले गीत तथा भिडियो मार्फत चित्रण गर्न खोजिएको यो गीतका लेखक पुर्ण लिम्बुले जानकारी गराए ।

यहि श्रावण २७ गते युके र संखुवासभामा एकसाथ कार्यक्रम गरि म्युजिक भिडियोलाई कोशी भिजन नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । यो गीत तयार गर्नलाई नै लामो समय लागेको र छायांकनका बेला पनि निकै मेहनत गरेको उनको भनाइ छ । यो गीतमा सुनिएका स्वर र देखिएका कलाकारहरु सबै संखुवासभाकै रहेका छन् । गीतका लेखक लिम्बुसंग चर्चित गायिका मिलन नेवारले गायनमा साथ दिएकी छन् । गीतमा प्रेम कृष्ण बजगाईको संगीत तथा राजु कार्कीको एरेन्ज रहेको छ ।

किङ स्टुडियोमा रेकर्ड भएको गीतको भिडियोमा रेखा फागो र बादल श्रेष्ठलाई फिचर्ड गरिएको छ । यस्तै मनिषा वानेम र साजन राई पनि भिडियोमा फिचर्ड छन् भने अतिथि कलाकारको रुपमा दिनेश कोइरालालाई भिडियोमा प्रस्तुत गरिएको छ । सुमन तामाङले निर्देशन तथा छायांकन गरेको भिडियोलाई हेमन तामाङले सम्पादन गरेका छन् । कोशी भिजन इटहरीमा पोस्ट प्रोडक्सन भएको भिडियोमा संखुवासभाको चैनपुरमा रहेको सिजल डान्स सेन्टरले कोरस डान्स गरेको छ ।

प्रतिक्रिया दिनुहोस्