‘मेरो कथाको’ मा आकाश र उषाको रोमान्स (भिडियो)



काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन–३ विजेता गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको ‘मेरो कथाको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहार रहेको छ। गीतमा संगीत र संगीत संयोजन वरिष्ठ संगीतकार रंजित गजमेरको रहेको छ।

म्युजिक भिडियोमा आकाश श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन्। सुदिप बरालले छायाँकन गरेको यस भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्। भिमा लोहार निर्मात्री रहेको यस गीतको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो। ‘गोलो प्रडक्शन’को आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर माया गरिदिन सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्