एकसाथ तिन भाषामा मिस स्कार्लेट को टिजर



कान्तिपुर फिल्म एकेडेमि को निर्माण रहेको सिरिज मिस स्कार्लेटको टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक भएको टिजर नेपाली , हिन्दी र अंग्रेजी भाषामा रहेको छ । यो सिरिज चाडै नै कान्तिपुर सिनेमाज ओटिटि प्लेटफर्म  बाट स्ट्रिमिङ हुने बताइएको छ । केहि दिनमा नै कान्तिपुर सिनेमाज ओटिटि प्लेटफर्मको औपचारीक घोषणा गरिने बुझिएको छ  ।
मिस स्कार्लेट ४ एपिसोडमा स्ट्रिमिङ हुनेछ भने प्रत्येक एपिसोड ४५ मिनेटको हुनेछ ।  मिस स्कार्लेट बिरगन्जमा छायांकन भएको हो ।

यस सिरीजका लेखक तथा निर्देशक बलिराम चौहान हुन् । सिरिजमा गीत विष्ट, कुल श्रेष्ठ, कमल ओझा, आलिसा बास्तोला, कपिल रसाइली, सबी थापा, सुमित्रा अधिकारी, दिलिप नेपालको अभिनय छ ।

प्रकाश पुरी क्रिएटिभ प्रोड्युसर रहेको सिरिजमा शेरबहादुर तामाङको छायांकन छ । यसै सिरिजबाट गीत, कुल र कमलले डेब्यू गरेका हुन् । नेपालको लागि तयार पारिएको यो सिरिज ओटीटी प्लाटफर्म कान्तिपुर सिनेमाजबाट भदौ महिनामा रिलीज गरिनेछ । अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्ममा पनि हिन्दी र अंग्रेजी भाषामा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्