तीर्थराज अधिकारीद्धारा रचित ‘सुसेली‘ सार्वजनिक



काठमाडौं । बरिष्ठ साहित्यकार तीर्थराज अधिकारीद्धारा रचित ुसुसेलीु गीतको भिडियो सार्वजनिक भएको छ । सुगम संगीतका लोकप्रिय संगीतकार राजेश थापाको संगीत रहेको उक्त गीतमा प्रवीण वेडवालको स्वर रहेको छ । गीतकार अधिकारीको आफनै युटुव च्यानबाट सार्वजनिक भिडियोलाई पुजा ठकुरीले निर्देशन गरेकी हुन भने विनोद बमले सम्पादन गरेका छन । चर्चित मोडल द्वय कमल सिंह तथा स्मारिका ढकालको अभिनय रहेको भिडियोमा दुई युवा-युवती विचको प्रेमिल भाव काल्पनिक रुपमा सुन्दर ढंगले उतारिएको छ ।

मुक्त्तकमणी उपाधीद्धारा परिचित तीर्थराज अधिकारी साहित्यका धेरै विधाहरुमा उत्तिकै कलम चलाउने गर्दछन । लामो सयम नेपालको उच्च पदस्थ कर्मकारीको रुपमा सेवा गरेर यतिखेर अमेरिकामा बसोवास गरिरहेका अधिकारी प्रवल दक्षिण गोरखा बाहु लगायत अनेकन सम्मानद्धारा विभुषित स्रस्टा हुन । उनलाई यसै बर्ष पनि दोस्रो काव्य म्युजिक अवार्डमा सर्वोकृष्ट गजलकारको उपाधिले सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्