“काभ्रे फेस्ट सिजन ४”को अडिसन यहीँ २७ आउदो जेष्ठ गते बनेपामा हुँदै



काभ्रेपलान्चोक । विगत लामो समय देखि आयोजना हुँदै आएको काभ्रे फेस्ट प्रतियोगिताको सिजन ४ हुने भएको छ । बनेपाको रोयल लाउन्ज बारमा यहीँ आउदो जेष्ठ २७ गते अडिसन हुन लागेको हो ।

मोडलिङ क्षेत्रमा रुचि राख्ने युवा युवतीहरुका लागि सुनौलो अवसर रहेको काभ्रे फेस्ट प्रतियोगितामा पहिलो चरणको अडिसन २७ गते रोयल लन्च बारमा हुने भएको छ । उक्त अडिसनमा इक्छुक युवा युवतीहरुलाई यथासिघ्र फारम भरि अडिसनमा आउनको लागि आयोजक टिमले आह्वाहन गरेको छ । ३० जनाले मात्र सहभागिता जनाउन पाउने गरि उक्त कार्यक्रम एल एण्ड एन मोडल एजेन्सी ले आयोजना गर्न लागिएको हो ।

आफू भित्र रहेको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि आफ्नै क्षेत्रमा “काभ्रे फेस्ट (सिजन ४” एउटा सुनौलो अवसर रहेको छ।

काभ्रे फेस्ट प्रतियोगितामा सहभागि हुन एक हजार रुपैयाको फारम शुल्क राखिएको काभ्रे फेस्ट प्रतियोगिताका निर्देशक नितिन कायस्थले जानकारी दिए । कायस्थले भने हामीले पारिवारिक परिस्थितिलाई मध्यनजर राखी न्युनतम खर्चमा अधिकतम सिकाई र अवसरका साथमा मोडलिङ प्रतियोगिता गरिरहेका छौँ । जहाँ हामी तपाईहरुलाई मोडलिङ क्षेत्रमा खोजिने व्यवसायिक मोडेल बनाउने जिम्मा तर्फ हाम्रो सम्पूर्ण प्रशिक्षण केन्द्रित रहने बताए ।

काभ्रे फेस्ट प्रतियोगितामा युवा युवतीहरुलाई लक्षित गरि मोडल पर्सनालिटीको प्रतिस्पर्धा गराइन्छ । जहा बिबाहित अबिबाहित महिला पुरुष दुवैले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताहरुको समग्र मुल्यांकन सहभागीको मोडल व्यक्तित्व तथा मोडलिङमा अभिरुचि, फोटोसुट र स्टेज प्रस्तुतिकरणमा हुनेछ । प्रतियोगिताको अन्तिम चरण बनेपामा गरिने निर्देशक नितिन कायस्थले जानकारी दिए । प्रतियोगीहरुले सहभागिता जनाउको लागि 9802600870 एल एण्ड एन मोडल एजेन्सी लाई सम्पर्क गर्न सक्नु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्