लोकप्रिय बन्दै गुणराजको गजल ‘मौसम खराब थ्यो'(भिडियो)



काठमाडौं । धेरै लोकप्रिय गीतहरु बजारमा ल्याइसकेका युवा गायक गुणराज श्रेष्ठ पहिलो पटक सांगीतिक कोसेली गज़ल लिएर आएका छन् ।गीतकार बी पाण्डेको रचना र सुवास भुसालको सगीत रहेको गज़ल ‘मौसम खराब थ्यो’ लाइ साहस शाक्यको एरेन्ज रहेको छ।

रोमान्टिक शैलीमा गाइएको गज़ल ‘मौसम खराब थ्यो’लाइ गायक गुणराजको युट्युब च्यानल मार्फत (Guna Raj Shrestha official) सार्वजनिक गरिएको हो ।

भिडियोमा गुणराज र प्रियंका चौधरीको अभिनय रहेको छ । ‘मौसम खराब थ्यो ’को भिडियोमा दर्शकहरुको सकारात्मक प्रतिक्रिया आएको छ ।

प्रतिक्रिया दिनुहोस्