“तिमीलाई हेरी हेरी” गीत बिवाद मा ? आखिर के भएको हो ?



काठमाडौं । हिजो मात्र सार्वजनिक गरिएको मेरो गीत “तिमीलाई हेरी हेरी ” मैले आफ्नो youtube channel मा सार्वजनिक गरेको छु्र सार्वजनिक गरेको लगतै धेरै ले मलाई सुबानी को गीत हो भनेर वहाँ को गीत को link पठाउनु भएको छ यस्को बास्तविकता के हो यहाँहरु माझ स्पष्टिकरण गर्न चाहन्छु ।

सुबानी मोक्तानले गाएको अहिलेको चर्चित गीत ‘बानी’ मैले चार वर्षअघि यसका संगीतकार कमल खत्रीबाट किनेको हुँ । मैले ‘तिमीलाई हेरि हेरिरहने बानी परेछ’ भन्ने त्यही हुकलाइन भएको गीत गाएको छु । यसको भिडियो पनि हामीले दुइ वर्ष पहिला नै बनाएका थियौँ । म गीत बिरलै रिलिज गर्ने मान्छे भएकाले यसलाई पनि रिलिज गर्ने समय पर्खिरहेको थिएँ ।

सुबानीले गाएको गीतको हुकलाइन र मलाई बेचिएको गीतको हुकलाइन एउटै छ । तर त्यसलाई राख्ने भनेर मलाई सोधिएन । यो गीत नै मैले किनेको भएकाले त्यसमा भएको हुकलाइन पनि मेरो सम्पती हो ।

वहाँहरु सबैलाई यो गीत मेरो हो भन्ने थाहा थियो । तर त्यति थाहा हुँदाहुँदै पनि मेरो अनुमति बिना त्यसलाई बनाएर रिलिज गर्ने हिम्मत कसरी आयो थाहा छैन ।

म माथि मात्र अन्याय भएको होकी सुबानी माथि पनि भनेर मैले सुबानीलाई कल गरेर सोध्दा वहाँ ले मेरो गीत को एरेन्ज रिकेश गुरुङ ले मेरो गीत सुनाएको र यो मान्छे ले गाउदैन भनेर दिएको भन्नु भयो ्र कुनै स्टुडियो मा बचचबलनभ गर्न दिएको गीत अरु लाई सुनौदै दिन्छ भने हामीले कसरी ढुक्क का साथ् आफ्नो गीत एरेन्ज गर्न दिन सक्छौ ? रिकेश ले पहिले पनि मेरो गीत “ रेलिमाई” मा त्यस्तो हर्कत गरिसकेका छन् ।

मैले आफूले किनेको त्यो गीत अहिले निकालेपछि धेरैले मलाई यो सुबानीको गीत पो हो भनिरहेका छन् । तर यो त मेरो आफ्नै गीत हो । उनीहरूले त्यो गीत निकाल्नुभन्दा पहिला अनि निकालेपछि पनि मलाई केही पनि जानकारी गराएनन् ।

के भइरहेको हो मलाई ठ्याक्कै थाहा छैन । तर म माथी अन्याय भयो कि भन्ने लागिरहेको छ । उनिहरुले मलाई मिल्न भनिरहेका छन् । गीत निकाल्नुभन्दा पहिला नै भनेको भए कुरा अर्कै हुन्थ्यो । तर अहिले भन्नुको खासै अर्थ छैन । त्यसैले पनि उनीहरूले भनेको मानेर नेपाली संगीतको व्यवसायीकतामा अर्को गल्तीलाई ढाकछोप गरौँ कि यसको कानूनी उपचार खोजेर भोलिको दिनमा यस्तो हुने अवस्था नआउने बनाउँ, म अलमलमा छु ।

प्रतिक्रिया दिनुहोस्