
काठमाडौँ । फ्लाई दुबईको जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक अवतरण भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट सोमबार राति दुबईका लागि उडेको जहाज दुबईमा अवतरण भएको हो ।
१७५ जना यात्रु सवार फजेड ५७६ जहाज स्थानीय समय १२ः१० मा अवतरण भएको हो । उक्त जहाजमा काठमाडौँबाट उड्नेबित्तिकै समस्या आएको भनिएको थियो । ९ बजेर २३ मिनेटमा उडेको जहाजको इन्जिनमा समस्या देखिएको भन्दै चालक दलले खबर गरेपछि आकस्मिक अवतरणको तयारी गरिएको थियो ।
तर काठमाडौँको आकाशमा केहीबेर फन्को लगाएको जहाजपछि समस्या सामान्य भएको बताएर गन्तव्य तर्फ नै लागेको थियो । उक्त दुबईमा अवतरण भइसकेको हो ।





