भावना र बीरेन्द्रको स्वरमा तयार ‘उडीउडी आ सुवा’ मा शिल्पा र चक्र



काठमाडौं । गायिका भावना आचार्य र गायक बिरेन्द्र श्रेष्ठको स्वर रहेको उडी उडी आ सुवा बोलको गीतको भिडियो रिलिज गरिएको छ । यसअघि बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, लगायतका गीतहरु बजारमा ल्याइसकेकी भावनाले नयाँ गीत उडी उडी आ सुवा बजारमा ल्याएसँगै यसको चर्चा सुरु भएको छ ।

विकल तिरुवाको शब्द रहेको सार्वजनिक गीतमा ध्रुब बिस्कोको संगीत रहेको छ भने नरेन्द्र बियोगीको एरेन्ज रहेको छ भने किशोर थापाको मिक्सिगं र मास्टरिगं रहेको छ । प्रेम र रोमान्सले भरिएको एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई निर्देशक बिक्रम चौहानले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

जसमा नायिका शिल्पा पोखरेल र मोडल चक्र बमको अभिनय रहेको छ । राजाराम सिंखडाको कोरियोग्राफी रहेको गीतको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन र कलरिगं मिन विश्वकर्माले गरेका हुन् । भिडियो इनाक्षी इन्टरटेनमेन्ट मार्फत बजारमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्