साहित्यकार जानु काम्बाङ लिम्बुको शब्दमा ‘यस्तो एउटा संसार’ सार्वजनिक



काठमाण्डौं । गीतकार तथा साहित्यकार जानु काम्बाङ लिम्बुको शब्द रचना रहेको आधुनिक नयाँ गीत ‘यस्तो एउटा संसार’ सार्वजनिक भएको छ ।

साउथ इष्ट लन्डन स्थित क्याप्रीकर्न मेम्बर्स क्लवमा आयोजित एक विशेष समारोहबीच ‘यस्तो एउटा संसार’ बोलको गीतमा बनेको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

गंगाराज राईको स्वर/संगीत र सुनिता थेगिमको आवाज रहेको सार्वजनिक भएको हो । उदयराज पौडेलले एरेन्ज गरेको म्युजिक भिडियोमा रोजिना ढकाल र ध्रुव दत्तले अभिनय गरेका छन् । भिडियो सम्पादन भरत रेग्मीले गरेका छन् । भिडियोको निर्मात्री सुमन पुन हुन भने निर्देशन कुशल श्रेष्ठको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्