बुद्ध थिएटर फेस्टिवलमा बुधबार दुई नाटक मञ्चन



काठमाडौं । काठमाडौंको जमल स्थित नाचघरमा १३ चैत सोमबारबाट तेश्रो संस्करणको ‘बुद्ध थिएटर फेस्टिवल–२०२३’ जारी छ । यो महोत्सब १७ चैत शुक्रबारसम्म नाचघरमा चल्ने छ । ६२औं विश्व रंगमञ्च दिवसको अबसर पारेर यो महोत्सब सुरु भएको हो ।

गौतम बुद्धको जीवनी र दर्शनलाई रंगमञ्चमार्फत प्रस्तुत गर्न र बुद्धका सन्देश विश्वभर फैल्याउन यो महोत्सब आयोजना गरिएको आयोजक संस्था सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले बताएका छन् । महोत्सबमा यसपटक ७ वटा नाटक चयन भएका थिए ।

बुद्ध थिएटर फेस्टिबलमा बुधबार दुई वटा नाटक मञ्चन भए । जसमा दिउँसो १ बजे निकिता गुरुङ निर्देशित नाटक ‘प्रतिविम्ब’ नाटक मञ्चन गरियो । यस्तै बुधबार नै बेलुका ५ बजे यो महोत्सबमा गीता थापा निर्देशित नाटक ‘पट्टाचारा’ मञ्चन गरियो ।

महोत्सबको दोस्रो मंगलबार प्रशान्त बगाले निर्देशनमा ‘थ्री लाफिङ मंक्स’ मञ्चन भयो । पहिलो दिन मेघा हलमा भएको यो महोत्सब दोश्रो दिनबाट चौथो दिनसम्म सानो हलमा भईरहेको छ । महोत्सबमा पहिलो दिन नाटक ‘चण्डालिका’ मञ्चन भएको थियो । रबिन्द्रनाग टेगोरको कथामा आधारित यो नाटकलाई मायाँ थापाले निर्देशन गरेकी थिईन् ।

बुधबार प्रदर्शन गरिएको गीता घिमिरे थापा निर्देशित नाटक पट्टचारामा आफ्नै नोकरको मायाँप्रेममा परेकी एक सुन्दरी कन्याको प्रेम सँघर्ष र बुद्धलाई भेटेपछि ती युवतीमा आएको परिवर्चतको कथा प्रस्तुत गरिएको थियो । यो नाटकमा बीरेन्द्र हमालको लाईट डिजाईन। निर्देशक गीताको सेट डिजाईन। राजेन्द्र कट्टेल र रोशन चन्दको प्रकाश परिचालन। अर्जुन न्यौपानेको ध्वानी परिचालन थियो ।

नाटक पट्टचारामा निशान खत्री क्षत्री, अञ्जली शाह, रमेश देवकोटा, रेखा कटुवाल श्रेष्ठ, सुशिल दाहाल, खगेन्द्र बोहरा, पर्वती गिरी, मनिष चौलागाई, बीरेन्द्र बुढामगर, प्रदीप राई, बीमला सापकोटा, श्रीकृष्ण शाहीलगायतको अभिनय थियो ।

बुधबार मञ्चन गरिएको अर्को नाटक नाटक ‘प्रतिविम्ब’मा बाउ छोराबीचको प्रेम देखाईएको थियो । छोरा गुम्बा बसेपछि उसमा आएको परिवर्तनको कथा यसमा थियो । यो नाटकमा टेक बिक्रम थापा, अनिषा न्यौपाने, रमेश बहादुर खडका, मनिष चौलागाई, नरहरि पराजुली, सलिना क्षत्री, शुशिला थापा, पार्वती गिरी, चन्द्रकुमार सरु मगरले अभिनय गरेका थिए ।

निशान क्षत्रीले सेट डिजाईन गरेको यो नाटकमा राजेन्द्र कट्टेल र रोशन चन्दको प्रकाश परिचालन, अरुण न्यौपानेको ध्वानी परिचालन, अनिषा न्यौपाने र नरहरि पराजुलीको भेषभुषा थियो।

यो मोत्सबको अर्को आयोजक डबली थिएटरका अध्यक्ष एवम् रँगकर्मी पुष्कर गुरुङका अनुसार यो महोत्सबमा बिहीबार नाटक ‘पश्चाताप’ मञ्चन गरिने भएको छ । यो नाटकलाई वर्षा भण्डारी निर्देशित गर्दैछिन् । बिहिबार नै सस्मिल मगर निर्देशित ‘अम्रपाली’ पनि मञ्चन हुँदैछ ।

यो महोत्सवको समापनमा शुक्रबार हुँदैछ । महोत्सबमा शुक्रबार वीरेन्द्र हमाल निर्देशित ‘चक्षु’ मञ्चन गरिनेछ । यो पनि बुद्धको उपदेशमा आधारित नाटक रहेको निर्देशक हमालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्