गायक सुगम थापाको गीत ‘बाटुली’ सार्बजनिक



काठमाडौं । गायक तथा संगीतकार सुगम थापा मगरको आवाजमा बाटुली बोलको पप गीत सार्वजनिक भएको छ। स्याङ्जामा जन्मिएका गायक थापा बेलायतमा बस्दै आएका छन्।

गायक थापाकै शब्द, संगीतमा, स्वरमा र संगीत संयोजन समेत रहेको गीत बाटुलीले आफ्नो प्रमीकालाई बाचा गरी लाहुरे बनेको प्रेमीको कथालाई प्रतिनिधित्व गरेको छ। गीतको भिडियोमा प्रहिल कार्कीको निर्देशनमा मोडल तथा हाँस्यकलाकार खबपु चन्चल मगर, निक्स शर्मा र आभा थापाको अभिनय रहेको छ। उत्तम हुमागाईको छायांकन र माधव बेलबासेको सम्पादन रहेको सो गीतलाई रियल टाइम क्रियसन रेकर्डिङ स्टुडियोमा रर्कड गरिएको हो।

प्रतिक्रिया दिनुहोस्