कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित



काठमाडौं । शनिबार काठमाडौंमा सम्पन्न चलचित्र कलाकार संघको १९औं महाधिवेशनबाट अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् ।

निरौला निकटतम् प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २९ मतले पराजित गरेका हुन् । उप्रेतीले २०६ मत प्राप्त गर्दा निरौलाले २ सय ३५ मत प्राप्त गरे थिए ।

नवनिर्वाचित कार्यसमितिको नामावली :
अध्यक्ष : मोहन निरौला
बरिष्ठ उपाध्यक्ष : कबिता गेलाल
उपाध्यक्ष : शिवहरी नेपाल बैरागी
महासचिव : सविन श्रेष्ठ
सचिव : रामेश्वर बुर्लाकोटी
कोषाध्यक्ष : सुनिल कटवाल
सह–कोषाध्यक्ष : पबित्रा आचार्य
सदस्यहरु
शितल केसी
गोपाल ढकाल छन्दे
उद्धव प्रसाद भट्टराई
पवन केसी
नम्रता खरेल
पुकार भट्टराई
रन्जना खड्का खुश्बु
सरिता राधोपाध्याय
रोशन श्रेष्ठ
समीर लामा

बिगत २५ बर्षदेखि निरन्तर कलाकारिता क्षेत्रमा सक्रिय बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० निवासी बिशिष्ठ कलाकार उद्धव प्रसाद भट्टराई समेत अध्यक्ष मोहन निरौलाको समूहबाट केन्द्रिय सदस्य पदमा विजयी भएका हुन् । कलाकारिता क्षेत्र संगै उनि निरन्तर समाजसेवामा समेत सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्