३९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया



काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी र अमेरिकामा बसोबास गर्दै आएका युवक आशिष गेलालबीचको वैवाहिक सम्बन्ध कानुनी रुपमा टुंगिएको छ । अनलाइनखबरसँग कुरा गर्दै अभिनेत्री सिवाकोटीले दुई महिनाअघि कानुनी रुपमै आफूहरु अलग भएको बताइन् ।

गत वैशाख ९ गते काठमाडौंको एक रिसोर्टमा धुमधामले विवाह गरेका वर्षा र आशिषको सम्बन्ध नौ महिनामै टुंगिएको हो । विवाहलगत्तै वर्षा अमेरिका पुगेकी थिइन् । नेपाल फर्किएलगत्तै सामाजिक सञ्जालमा एकले अर्कोलाई अनफलो गरेपछि यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान गरिएको थियो ।

छिटो विवाह गर्दा एकले अर्कोलाई बुझ्न नसकेको र असमझदारी भएको वर्षाले बताइन् । ‘परिवारको तर्फबाट मागेर छिटो विवाह गरियो । एकअर्कालाई बुझ्न सकिएन । असमझदारी भयो,’ उनले भनिन्, ‘दुई महिनाअघि हामी कानुनी रुपमा अलग भयौं ।’

प्रतिक्रिया दिनुहोस्