कुमारको ‘भिझाएर आँशुु’मा सुधिर र उषा (भिडियो)



काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा सजिएको ‘भिझाएर आँशुु’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। अमेरिका निवासी गीतकार कुमार सिवाकोटीको शब्दमा रहेको यस गीतलाई दिपक शर्माले संगीतवद्द गरेका हुन्। गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित, हिउँवाला गौतमको अभिनय रहेको छ। सुजन श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। मुनालशिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो। ‘जन्मभुमि इन्टरटेन्मेण्ट’नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

प्रतिक्रिया दिनुहोस्