अस्मिता अधिकारीको मुखै चिलाउनीमा पुष्प र गीता बने रोमान्टिक



काठमाडौँ । गायक रमण रेग्मीको मुखै चिलाउनी बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक रमण र अस्मिता अधिकारीको स्वर रहेको मुखै चिलाउनीमा शब्द तथा संगीत संगीतकार दीपक शर्माको रहेको छ । नरेन्द्र बियोगीको एरेन्ज रहेको सार्वजनिक गीतमा पछिल्लो पुस्ताका चर्चित नायक तथा मोडल पुष्प खड्का र टिकटकबाट चर्चा कमाएकी सुन्दरी मोडल गीत ढुंगानाको प्रेम रोमान्स देख्न सकिन्छ ।

केशव राज भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार मुखै चिलाउनी एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानी हो भन्न रुचाइँछन् गायक रमण । प्रेममा डुबेर खुशी खुशी जिन्दगी बिताउन चाहाने प्रेमील जोडीको छमछम नचाउने गीतलाई दर्शकले निकै माया दिने कुरामा गायक रमण आशावादी छन् । भन्छन् निकै नै मेहेनतका साथ यो भिडियो दर्शक स्रोताको माझमा ल्याएका छौँ जुन हेरेर सुनेर दर्शकले प्रतिक्रिया दिनुहुनेछ भन्ने कुरामा विश्वस्त छु ।

काभ्रे जिल्लामा जन्मिएर काठमाडौंको कोटेश्वरमा हुर्किएका गायक रमणका घर त लगनखेल रिमेक, खुला जमिन, मेसो पाछैन, हामी जनतालाई धेरै गाह्रो छ, नेपालै जाउँ जाउँ लाग्छ, लगायतका गीतका भिडियोहरु बजारमा आइसकेका छन् । जसले राम्रो चर्चा समेत बटुलेका थिए । गायक रमणको पछिल्लो र निकै नै आशा गरिएको मुखै चिलाउनीको भिडियो उनकै अफिसियल युट्युब च्यानल रमण रेग्मीबाट बजारमा आएको हो । भिडियोको निर्माण सबिना कुँवर रेग्मीले गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्