फाल्गुनमा प्रसारण हुने सिरिज ‘लाल बहादुर, द स्पार्क’को ट्रेलर सार्वजनिक



काठमाडौं । जी मिडिया कनेक्सन प्रा.ली.को ब्यानरमा निर्मित नेपाली सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक भएको छ । देवजंग थापाको लेखन तथा निर्देशन रहेको सिरिजमा लोकप्रिय कलाकारहरु सरोज खनाल, सुनिल थापा, कमेडियन खड्ग बहादुर पुनः–ख.ब.पु.को मुख्य भूमिका रहेको ट्रेलरमा देखाइएको छ ।

२०७२ सालको विनासकारी भुईचालो पछि पानीको मुहान सुकेको गाउँमा पानी ल्याउन गरेको प्रयासको कथा रहेको सिरिज चार सिजन गरी जम्मा ५२ एपिसोडको रहने र पहिलो सिजन १३ एपिसोडको रहेको निर्देशक थापाले जानकारी दिए ।

प्रकाश आङ्बुहाङ (हाङबारे) निर्माता रहेको ‘लाल बहादुर, द स्पार्क’ मा सरिता राजोपाध्य, लक्ष्मीनाथ सुवेदी , गीता थापा, रामबाबु रेग्मी , अनिता गिरी , जेनिस अधिकारी ,रविन विष्ट, विश्व मुखिया लगायत कलाकारको अभिनय रहेको छ ।

नविन डाँगी निर्माण नियन्त्रक रहेको सिरिजमा ,नरेन्द्र लामा र स्वस्तिमा कार्कीको सह निर्देशन , प्रनुप थापाको संवाद , ईसिसि स्टुडियोको प्रोडक्सन, मदन न्यौपानेको श्रृङगार, बिबेक उप्रेतीको सम्पादन र संजिव सुब्बाको सगीत रहेको छ ।

फाल्गुन पहिलो हप्ताबाट साप्ताहिक रुपमा प्रसारणमा आउने यो सिरिज जी मिडिया कनेन्कसनको युट्युव च्यानल र एक टेलिभिजनबाट एकसाथ प्रसारण हुने निर्माण पक्षले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्