साहित्यकारहरूका लागी चलचित्र ‘निरमाया’ को विशेष शो



काठमाडौँ । नेपाल स्रष्टा समाजले चलचित्र विकास बोर्डको हलमा चलचित्र ‘निरमाया’ को विशेष प्रदर्शन गर्‍यो । साहित्यकारहरूका लागि प्रदर्शन गरिएको यस चलचित्रमा जातीय विभेद, कुप्रथा र छुवाछुतको विषय समेटिएको छ । समान र सभ्य समाजको निर्माण, नैतिक सन्देश, फरक दृष्टिकोणको अन्त्य, उचनिचको फरक हटाउनुपर्ने जस्ता विषयलाई चलचित्रमा देखाइएको छ । कला र शिपको राम्रो संयोजन रहेको ‘निरमाया’ मा महिला र पुरुष दुई जातिमात्र रहेको र सबैको रगत रातो हुने सन्देश दिइएको छ । चलचित्रको कथा मनछुने मार्मिक र सन्देशमुलक रहेको छ ।

चलचित्र हेरी सके पश्चात वरिष्ठ साहित्यकारहरु तुलसी दिवस, नगेन्द्रराज शर्मा, राधेश्याम लेकाली, राजेन्द्र शलभ, पवन आलोक, श्रीओम श्रेष्ठ रोदन, डा। दामोदर पुडासैनी, मधु पाठकलगायतले आआफ्नो प्रतिक्रिया व्यक्त गरेका थिए ।

अनन्तप्रसाद तिमल्सिना प्रस्तुतकर्ता रहेको चलचित्रमा रमेश कोइरालाको निर्देशन छ । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् ।

चलचित्रमा रमेश बुढाथोकी,लय संग्रौला,जे।एन।घिमिरे,जेबी डिसी,अजित लामिछाने,प्रतिषा रिजाल,सम्रिद्दी पौडेल, रमेश अधिकारि,अनीता केसी,गोपाल ढकाल,रामबाबु रेग्मी लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्रमा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको छ ।

रवी कोइराला र जीवन पराजुलीले छायाँकन गरेको चलचित्रको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् भने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी,अशोक खड्काको द्वन्द,कमल अधिकारी,रिमेश कुमारको संगीत रहेको छ। बिनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको चलचित्रको छायाँकन सिन्धुली,काभ्रे र रामेछापमा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्