कपन साहित्य समाजले साहित्य क्षेत्रका अग्रणी व्यक्तिहरुलाई सम्मान गर्ने



काठमाडौँ । बूढानिलकण्ठको पूरानो साहित्यिक संस्था कपन साहित्य समाजले माघ २० गते शुक्रबार एक विशेष कार्यक्रम आयोजना गरी नेपाली साहित्य क्षेत्र अग्रणी व्यक्तिवहरूलाइ सम्मान गर्ने भएको छ । संस्थाले जारी गरेको व्यक्तव्यमा कसास यात्री स्मृति सम्मानको दुइजनालाइ प्रदान गर्दैछ । सम्मानअन्तर्गत कसास यात्री स्मृति सम्मान २०७७ प्रा.डा.अभि सुवेदी तथा कसास यात्री स्मृति सम्मान २०७८ प्रा.डा. गार्गी शर्मालाइ प्रदान गरिने संस्थाले जनाएको छ ।

संस्थाको भवन बुनपा १० आकाशेधारामा बिहान ८ बजे हुने कार्यक्रममा कपन दर्पणको कविता विशेषांक विमोचन हुने पनि संस्थाले जारी गरेको वक्तव्य तथा निमन्त्रणापत्रमा उल्लेख गरिएको छ ।

कपन साहित्य समाजले संस्थाका परिकल्पनाकार स्वर्गीय पूर्णप्रकाश नेपाल यात्रीको स्मृतिमा हरेक वर्ष एकजना भाषासेवा तथा वरिष्ठ साहित्यकारलाइ सम्मान गर्दै आएको छ । कपन साहित्य समाज २०५८ सालदेखि नियमितरूपमा साहित्यिक गतिबिधिमा सक्रिय रहेको संस्था हो ।

प्रतिक्रिया दिनुहोस्