![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2023/02/328679896_584198523719703_8396504447827123550_n.jpg?fit=720%2C466&ssl=1)
काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ । सिवाकोटीको अफिसियल युट्युब च्यानलबाट रिलिज उक्त गीतमा सिवाकोटीसंगै गायिका रिता केसीले आवाज दिएका छन् भने शब्द र संगीत रवि मल्लको रहेको छ ।
गीतलाई दीक्षित पौडेलले एरेन्ज गरेका छन् भने मिक्सिङ चन्द्र चौधरीले गरेका छन् । गीतको भिडियोमा विकास लामिछाने र अलिया अधिकारी प्रेमील जोडीका रुपमा प्रस्तुत भएका छन् । भिडियोलाई क्यामेरामेन दिनेश पराजुलीले खिचेका हुन् भने सम्पादन दिनसन साहले गरेका छन् । त्यस्तै, भिडियोको निर्देशन एवम् कोरियोग्राफी केशव राज भट्टले गरेका छन् ।