गायक दिपेश श्रेष्ठ बैद्यको ‘कथा’ सार्वजनिक (भिडियोसहित)



बिगत लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय दिपेश श्रेष्ठ बैद्यले हालै आफ्नो नयाँ गीत “कथा” सार्वजनिक गरेका छन्।

country विधामा रहेको उक्त गीतमा एक युगल जोडीको बिछोडको कथालाइ रचनाको रुपमा प्रस्तुत गरिएको छ। गायक बैद्यले २०५७ सालमा राम चन्द्र काफ्लेको सहयोगमा पहिलो गीत “तिमीलाई देखे देखि” रेकर्ड गरेका थिए। बैद्यले त्यसपछि Two Wheels समूह स्थापना गरेर आफ्नो गीति album “FAME” सार्वजनिक गरेका थिए। उक्त समूहमा दिपेश बैद्य र सुमन निधि तिवारी रहेका थिए भने उक्त album मा रहेको गीत “कुटुमा कुटु” भन्ने गीतमा अहिलेका चर्चित नायिका रिचा शर्माले अभिनय गरेका थिए भने उक्त गीतमा संगीत अनि रचना अहिलेको चर्चित ब्याण्ड Mt. ८८४८ को रहेको थियो। रिचा शर्माको अभिनय यात्राको पुल को रुपमा उक्त Music Video ले काम गरेको थियो। त्यसपछि रिचा शर्माले लगातार जस्तो नै फिल्मी क्षेत्रमा काम गर्ने अवसर पाएकी थिइन्।

सन् २००९ पछि बैद्य लामो समय सम्म सांगीतिक क्षेत्रबाट टाढा भएका थिए। उनी कामको सिलसिलामा २००९ देखि २०१५ सम्म बेलायत बसेका थिए भने सन् २०१६ मा बेलायत बाट फर्कन बित्तिकै महाराज थापाको संगीत संयोजनमा “नेपाल सम्हाल” बोलको गीत गाएका थिए।  त्यतिखेर भुकम्पले थलथलिएको नेपाल र नेपालीलाई सान्त्वना स्वरुप उनले उक्त गीत गाएका थिए।  त्यसपछि चौबन्दी, बाबा, संस्कृति, गोर्खाली जस्ता आधा दर्जन भन्दा बढी गीत गाइसकेका छन् भने चर्चित संगीतकार राजन राज सिवाकोटीको संगीतमा सन् २००८ मा नै “तिम्रो मौन” बोलको गीत पनि गाइसकेका छन्। सन् २०२२ मा भएको संघीय चुनावमा उनले अमृत राज बैद्यसँगै “vote for Rajan भट्टराई” बोल को Rap गीतमा पनि शब्द, संगीत र स्वर दिएका थिए।  प्राय: Rock विधाको गीत गाउने बैद्यले निकट भविष्यमा “झम्के बुलाकी” र “भन्दे” बोलको गीतको पनि तयारी गरिरहेका छन्।

सार्वजनिक गीतको भिडियो :

प्रतिक्रिया दिनुहोस्