विवाह बन्धनमा बाँधिए छत्र शाही र काजल जोशी



काठमाडौं । लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीले विवाह गरेका छन् । शुक्रबार बिहान यी दुईबीच गुह्येश्वरी मन्दिरमा धार्मिक विधिअनुसार विवाह भएको हो ।

२०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं आज पूरा भएको हो । हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इन्द्रेणी’बाट छत्र र काजल चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्