विकल्प खोज्दै मतदाता



आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा आउने क्रम सुरु भइसकेको छ । प्रारम्भिक नतिजा निर्वाचनपूर्वको अपेक्षाअनुसार नै आउने देखिन्छ । सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमाले अग्रस्थानमा देखिएका छन् । तिनै दल नै पहिलो र दोस्रो हुने सम्भावना छ । यो अनुमान पहिलेकै हो ।

यति हुँदाहुँदै पनि यसपटकको निर्वाचनमा देशभरका मतदाताले परिवर्तन खोजेको सन्देश पनि स्पष्ट रूपमा दिएका छन् । निर्वाचनको केही महिनाअघि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्मानजनक मत प्राप्त गरिरहेकाले मतदाता परिवर्तनको पक्षमा छन् भन्ने पुष्टि हुन्छ । २०४६ देखि सत्ताको बागडोर सम्हाल्दै आएका राजनीतिक दलहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको र सधैँ सीमित व्यक्तिले मात्र सत्तामा हालीमुहाली गरिरहेको गुनासो रहेको बेला रास्वपाले राम्रो मत ल्याउन सफल भएको हो । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्