रेल मार्गको सर्भे रिपोर्ट चार महिनाभित्रै



भारतीय कम्पनी कोंकण रेल्वे कर्पोरेसनले रक्सौल-काठमाडौँ रेलमार्गको ‘फाइनल लोकेसन सर्भेको काम आगामी चार महिनाभित्रै तयार पार्ने भएको छ । कर्पोरेसनले गत वर्षदेखि काठमाडौं-रक्सौल रेलमार्गको सर्भे अध्ययन गरिरहेको छ । २०७८ साल असोज २२ गते नेपाल र भारतका उच्च अधिकारीबीच रक्सौल- काठमाडौँ रेलमार्गको फाइनल लोकेशन सर्वे भारतीय पक्षले गर्ने समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् ।

यस अघि २०७७ साल फागुन २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं- रक्सौल ब्रोडगेज रेलमार्ग निर्माणका लागि आवश्यक काम अघि बढाउन नेपाल र भारत सरकारबीच हुने समझदारीपत्र स्वीकृत गरेको थियो । सोही अनुसार असोजमा सम्झौता भएको हो ।

रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले कोंकण रेल्वे कर्पोरेसनले रक्सौल-काठमाडौँ रेलमार्गको भारतीय कम्पनीले फिल्ड सर्भेको काम सकेर रिपोर्टलाई अन्तिम रूप दिने काम गरिरहेको बताए । ‘भारतीय कम्पनीलाई रेलमार्गको फिल्ड सर्भे र अन्तिम रिपोर्ट तयार पार्न १८ महिनाको समयसीमा तोकिएको थियो,’ उनले भने ‘सम्भवतः अबको चार महिनाभित्र कर्पोरेसनले प्रतिवेदन बुझाउनेछ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्