तीन महिनामा १८ अर्ब ६४ करोड नाफा १२ बैंकमा ह्रास



‘क’ वर्गका २६ वटै वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको नाफा सामान्य रूपमा बढेको छ । बैंकहरूले साउन, भदौ र असोजमा १८ अर्ब ६४ करोड ६८ लाख नाफा कमाएका हुन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.९४ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा यी बैंकले १७ अर्ब ७० करोड ५७ लाख रुपैयाँ नाफा कमाएका थिए । तीन महिनामा बैंकहरूको निष्क्रिय कर्जा बढेका कारण नाफा बढेको देखिएको छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकको निष्क्रिय कर्जा घटेको छ भने सेन्चुरी कमर्सियल बैंकको स्थिर रहेको छ । यस अवधिमा सबैभन्दा बढी नाफा कुमारी बैंकले कमाएको छ । सो बैंकको निष्क्रिय कर्जा ०।४६ प्रतिशतबिन्दु बढेको छ ।

पहिलो त्रैमासमा औसतमा वाणिज्य बैंकले ७२ करोड रुपैयाँ नाफा कमाएको देखिएको छ । प्रथम त्रैमासमा एनआईसी एसिया बैंकले १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ । एनआईसी एसियाको नाफा पोहोरभन्दा ४८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब १८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

नबिल बैंकले १ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ । नेपाल बंगलादेश बैंकलाई गाभेपछि बैंकले पहिलोपटक एकीकृत नाफा सार्वजनिक गर्दै यति नाफा कमाएको हो । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्