विभिन्न पद देखाएर मत तान्ने प्रयास



‘ओनसरी घर्तीलाई यहाँ (काठमाडौं – २ ) बाट निर्वाचित गराउनुस् । उहाँलाई विजयी गराएपछि एउटा राम्रो विकासे मन्त्री पनि बनाएर तपाईंहरूको अगाडि पठाउनेछौं,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं -२ का पार्टी उम्मेदवारको पक्षमा मत माग्दै दिएको अभिव्यक्ति हो यो।

मतदातालाई प्रभावित पार्न र पार्टी उम्मेदवारलाई मंसिर ४ को निर्वाचनमा जिताउन पद, प्रतिष्ठा र विकासको आश्वासन दिने दाहाल एक्ला नेता होइनन् ।

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दल र तिनका नेताले आआफ्नो हैसियतअनुसार विकास निर्माणदेखि पद र प्रतिष्ठाको आश्वासन विगतमा जस्तै यस पटक पनि दिन सुरु गरेका छन् ।

उम्मेदवार र नेताहरूको हैसियतअनुसार उनीहरूले मत प्रभावित पार्न विभिन्न आश्वासनर पदमा पुग्ने बताउन थालेका हुन् । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्