कस्तो अचम्म ! एक किलो चियापत्तीको मूल्य १ लाख ६० हजार



एजेन्सी । गाउँघरमा बूढापाकाले भन्ने गर्थे बाँच्न मात्र पर्छ के–के सुन्न र देख्न पाइन्छ भनेर अहिले सोच्दा हो जस्तै लाग्छ । अहिले सामाजिक सञ्चालको माध्यमबाट हामीले धेरै अचम्मको कुराहरु देख्न र सुन्न पाइरहेका छौं । हो यस्तै अचम्मको कुरा आज हामी तपाईलाई बताउने छौं । तपाईहरुले कहिले चियापतीको मूल्य १ लाख परेको थाहा छ । सुन्दा अचम्म लाग्छ नि होइन । हो गोल्डन पर्ल नामको एक किलो चियापत्ती ९९,९९९ भारु (१ लाख ५९ हजार रुपैयाँ बढी) मा बेचिएको छ । भारतको गुवाहाटी चिया लिलामी केन्द्रमा यो चिया यत्तिको रकममा बिक्रि भएको हो । यसअघि अघिल्लो वर्ष डिसेम्बरमा गोल्टन बटरफ्लाई चियापत्ती ९९,९९९ मै बिक्रि भएको थियो ।

अब पुनः एकपटक कुनै कम्पनीको चियापत्ति ९९,९९९ भारुमा बिक्री भएको छ । यसपटक गोल्डन पर्लको चियापत्तिलाई असाम टि ट्रेडर्सले खरिद गरेको छ । असामको डिब्रुगढ जिल्लामा नाहोरचुकबारी कारखानामा यसलाई लिलामीमा राखिएको थियो । त्यहाँ थुप्रै ठूला कम्पनीको उपस्थिति थियो । तर यसपटक गोल्डन पर्लले बाजी मार्यो जसको एक किलो चियापत्ती ९९,९९९ भारुमा बिक्री भयो ।

यसअघि सन् डिसेम्बरमा ‘मनोहारी गोल्ड टी’ ले गुवाहाटी टी अक्सनमा आफ्नै रेकर्ड तोडेर इतिहास रचेको थियो । एक किलोको रेकर्ड ९९,९९९ भारुको बोली लगाइएको थियो । त्यतिबेला गुवाहाटीस्थित थोक व्यापारी सौरभ टी ट्रेडर्सद्वारा यो खरिद गरिएको थियो । यो एक दुर्लभ किसिमको चिया हो र यसको मार्केटमा असाध्यै माग देखिएको छ भनेर तर्क प्रस्तुत गरियो ।

प्रतिक्रिया दिनुहोस्