यस्ता छन् डन्डिफोर हटाउने सामान्य घरेलु तरिकाहरु



एजेन्सी । सुन्दर देखिन को नचाहला र ? तर, सुन्दर र चम्किलो छाला भन्ने वित्तिकै कहाँ बनाउन सकिन्छर । अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ ।

सुन्दर मुहारलाई कुरुप बनाउने डन्डिफोरलाई सामान्य घरेलु उपायले पनि हटाउन सकिन्छ ।

मह
महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ। तर यसबारेमा धेरै कमलाई मात्र जानकारी छ । डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने ।

केराको बोक्रा
केराको प्याकले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पनि पुर्यािउँछ। केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी छ। यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ।

केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन्। जसले गर्दा अनुहारलाई भरपुर अक्सिजन मिल्छ। दहीसँग केरा मिसाएर लगाउनाले पनि फायदा हुन्छ। पानीले धोएपछि अनुहारमा आइस दल्ने र मसाज गर्ने।

ल्वाङ
डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ निकै गुणकारी मानिन्छ । यस्का लागि तपाईले एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ । पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र मुछिउको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने । यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फाइदा हुन्छ।

कागतीको रस
डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो। यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ। तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ।

चन्दन पाउडर
चन्दन पाउडरबाट पनि डन्डीफोर हटाउन सकिन्छ। बेसनमा अलिकति दही, चन्दन पाउडर र कागतीको रस मिसाउने। डन्डीफोर भएको भागमा यो पेस्ट दल्ने। यो हुँदा दहीको मात्रा बढी राख्न सकिन्छ। सुखेपछि चिसो पानीले अनुहार धुने।

बाफ लिने
बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ। फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ। साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ।

प्रतिक्रिया दिनुहोस्