
काठमाडौं, नेपाली लोकसंस्कृति र परम्परागत नृत्यको संरक्षणमा समर्पित संस्था Dance Nepal Dance Theater (DNDT) ले ‘धिमे विशेष २०८२’ नामक दोस्रो राष्ट्रिय लोकनृत्य कार्यशाला आगामी श्रावण २ र ३ गते काठमाडौंको Majestic Events and Banquet मा आयोजना गर्ने भएको छ।
यस कार्यक्रमको विज्ञापन संयोजक (Advertising Coordinator) उर्मिला तामाङका अनुसार कार्यशाला पाटन, ललितपुर र भक्तपुर क्षेत्रका परम्परागत धिमे (नेवारी नृत्यशैलीहरूमा )केन्द्रित हुनेछ। यी शैलीहरू नेवार समुदायको सांस्कृतिक पहिचान र सामाजिक आत्मासँग गहिरो रूपमा जोडिएका छन्।कार्यक्रमका उप–संयोजक सरस्वती पोखरेल त्रिपाठी का अनुसार, कार्यशालाको उद्देश्य निम्नानुसार छन्: धिमे नृत्य तथा शैलीको अध्ययन, अभ्यास र दस्तावेजीकरण स्थानीय प्रतिभाको पहिचान र राष्ट्रिय स्तरमा प्रवर्द्धन परम्परागत वाद्ययन्त्र, पोशाक र नृत्यशैलीको संरक्षण सांस्कृतिक सद्भाव र सामाजिक एकताको प्रवर्द्धन नयाँ पुस्तालाई नवप्रवर्तनको अवसर प्रदान गर्दै सशक्तीकरण कार्यक्रम संयोजक नारायणी थापा ले जानकारी दिँदै सहभागीहरूलाई परम्परागत तथा समसामयिक नृत्य अभिव्यक्तिमा विशेष प्रशिक्षण दिइने बताइन्।

DNDT निर्देशक भावना कार्की का अनुसार, “यो कार्यक्रम नृत्यलाई केवल शारीरिक अभ्यासको रूपमा होइन, सांस्कृतिक आत्मा र सामाजिक संवादको सशक्त माध्यमको रूपमा प्रस्तुत गर्ने प्रयास हो ! कार्यक्रममा देशभरका लोकनृत्य अभ्यासक, विद्यार्थी, अनुसन्धानकर्ता र संस्कृति–प्रेमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
धिमे विशेष २०८२’ ले परम्परागत कलाको संरक्षणका साथै नयाँ पुस्तालाई संस्कृतिसँग जुध्न, बुझ्न र आफूलाई अभिव्यक्त गर्न प्रेरणा दिने लक्ष्य राखेको छ। कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले DNDT को आधिकारिक वेबसाइट वा सामाजिक सञ्जालमार्फत विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्। सिट संख्या सीमित रहेकोले इच्छुक सबैलाई समयमै सम्पर्क गर्न अनुरोध छ।





