विद्यालयमा अपमानित गरेको भन्दै ३० वर्षपछि एक विद्यार्थीले गरे शिक्षिकाको हत्या



एजेन्सी । समाजमा अनेक–अनेक घटनाहरु घट्ने गर्दछन् । जुन घटनाले हामीलाई अचम्ममा मात्र पार्दैन धेरै कुरा सोच्न बाध्य बनाउँछ । हो यस्तै सोच्न र पत्याउन गाह्रो बनाउने घटना बाहिरिएको छ । बेल्जियमका एक व्यक्तिले करिब ३० वर्षपछि आफ्नी शिक्षिकाको हत्या गरेका छन् । ३७ वर्षका एक व्यक्तिले आफूलाई प्राथमिक स्कुलमा शिक्षिकाले अपमानित गरेको हुँदा उनले ३० वर्षपछि शिक्षिकाको हत्या गरेका हुन् ।

यस घटनाको ३ दशकपछि सन् २०२० मा उनलाई चक्कुुले हानेर हत्या गरेका छन् । गुन्टर युवेन्ट्स नामका दोषीले अनुसन्धानकर्तालाई ५९ वर्षकी शिक्षिका मारिया भेरलन्डनले सन् १९९० को दशकमा कक्षाकोठामा कयौँ पटक उनीबारे कमेन्ट गरेको बताएका छन् ।

सन् २०२० मा एन्टवर्पस्थित उनको घरमा भेट्न जाँदा आफूले होस गुमाएको उनले दाबी गरेका छन् । उनलाई चक्कूमार्फत् १०१ पटक प्रहार गरिएको थियो । उनी किचनमा मृत भेटिएकी थिइन् ।

बेल्जियम प्रहरीले यो घटनामा कयौ शंकास्पदसँग बारम्बार सोधपुछ गरेको थियो । साथै, उनका हत्याराबारे पत्ता लगाउन सयौँ डीएन नमुनाको पनि जाँच गरेको थियो । तर पनि यो केस १६ महिनादेखि सुल्झिन सकेको थिएन ।

द गार्जियनका अनुसार पैसाले भरिएको उनको पर्स उनको शव नजिकै थियो । यसले उनी हिंस्रक डकैतीको शिकार भएकी होइनन् भन्नेतर्फ इंगित गर्दथ्यो । सन् २०२० को २० नोभेम्बरमा हत्याको १६ महिनापछि युवेन्टसले एक साथीसँग अपराध स्वीकार गरेका थिए । उनैले प्रहरीलाई यसबारे जानकारी दिएका थिए । त्यसलगत्तै प्रहरीले उनलाई गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्