‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुने



काठमाडौं । मण्डला थिएटरले ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण घोषणा गरेको छ । सोमबार एक कार्यक्रमका बीच थियटरले महोत्सवको विभिन्न पक्षको समेत जानकारी गराएको हो ।

आगामी मंसिर ९ देखि १७ गतेसम्म आयोजना हुने महोत्सवमा १६ देशका २३ नाटक मञ्चन हुनेछ । महोत्सवमा नेपालका तर्फबाट ५ नाटक सहभागी हुँदैछ । १० हजार बढी दर्शकको सहभागिता अपेक्षा गरिएको महोत्सवमा २०० कलाकारको अभिनय रहनेछ ।

महोत्सवमा नेपालसहित इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, अमेरिका, बेलायत लगायत १४ देशका नाटक मञ्चन हुनेछ । महोत्सवको नारा ‘सामाजिक रुपान्तरणका लागि रगमञ्च, विविधताको उत्सव’ राखिएको छ । विदेशबाट सहभागी नाट्यकर्मीले कार्यशाला गर्ने महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी र अन्तरक्रिया समेत आयोजना हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्