ब्ल्याकहेड्स हटाउने यस्ता छन् उपायहरु



एजेन्सी । अनुहारको ब्ल्याकहेड्स हटाउने सबैभन्दा राम्रो उपाय भनेको घरेलु उपाय हो। यदि तपाइँ हरेक हप्ता यी घरेलु पेस्ट प्रयोग गर्नुहुन्छ भने, तपाइँले कम ब्ल्याकहेड्स पाउनुहुनेछ। आज हामी तपाईलाई त्यस्ता पाँच चीजहरू बताइरहेका छौं, जुन ब्ल्याकहेड्स हटाउन सबैभन्दा प्रभावकारी हुन्छ।

बेकिंग सोडा
एउटा कचौरामा एक चम्चा बेकिंग सोडा र दुई चम्चा सुन्तलाको बोक्राको पेस्ट मिलाउनुहोस्। अब यो मिश्रणलाई फेस मास्क जस्तै अनुहारमा लगाउनुहोस्। १५ मिनेटपछि अनुहारमा पानी छर्केर एक मिनेटसम्म हल्का हातले मसाज गर्नुहोस्। त्यसपछि चिसो पानीले अनुहार धुनुहोस्।

समुद्री नुन
समुद्री नुन र मह मिसाएर ब्ल्याकहेड्स भएको ठाउँमा लगाउनुहोस्, त्यसपछि पाँच मिनेटपछि अनुहार धुनुहोस्। समुद्री नुनले अनुहारको मृत छाला हटाउँछ र ब्ल्याकहेड्सको समस्यालाई कम गर्छ।

बेसार
बेसारबाट बनाइएको पेस्टल बनाउन १ चम्चा बेसारको धुलो र १ चम्चा पानी चाहिन्छ। यी दुईलाई मिसाएर गाढा पेस्ट बनाउनुहोस्। यो पेस्ट ब्ल्याकहेड्समा राम्रोसँग लगाउनुहोस्। यदि तपाईंले यो पेस्ट दिनमा एक पटक लगाउनुभयो भने, तपाईंले राम्रो परिणाम पाउन सक्नुहुन्छ।

कागती
ब्ल्याकहेड्स हटाउन १ चम्चा महमा १ चम्चा कागतीको रस मिसाएर पेस्ट बनाउनुहोस्। यस पेस्टलाई ब्ल्याकहेड्स भएको ठाउँमा लगाउनुहोस्, २० मिनेटसम्म छोड्नुहोस् र त्यसपछि धुनुहोस्।

प्रतिक्रिया दिनुहोस्