घामको टेनिङ हटाउने यस्ता छन् घरेलु उपाय



बेसार, बेसन र दूध
बेसारमा अलिकति बेसार मिसाएर दूधको मद्दतले राम्रोसँग पेस्ट बनाउने । यो पेस्टलाई टेनिङ भएको ठाउँमा लगाउनुहोस् र सुक्न दिनुहोस्। यो फेसप्याकलाई सामान्य पानीले स्क्रब गरेर हटाउनु पर्छ।

कागती र मह
कागतीले ब्लिचिङ एजेन्टको रूपमा काम गर्छ जसलाई तपाईंले टेनिङदेखि पिग्मेन्टेसन, गोरो रंगसम्म सबै कुरामा प्रयोग गर्न सक्नुहुन्छ। कागतीको रस अनुहार, हात, खुट्टामा लगाउनुहोस् र कम्तिमा १५ मिनेटसम्म राख्नुहोस् र त्यसपछि धुनुहोस्। कागतीमा मह मिसाएर पनि प्रयोग गर्न सकिन्छ। यसले टेनिङ हटाउनुका साथै छालालाई मोइस्चराइज राख्छ।

आलुको रस
आलुका टुक्राहरू पिसेर त्यसको रस निकाल्नुहोस्। यस रसलाई टेनिङ भएको ठाउँमा लगाउनुहोस् र सुकेपछि धुनुहोस्। आलुको जुस पनि प्रयोग गरेर भित्री कालो दाग हटाउन सकिन्छ।

दही र बेसारको प्रयोग
एउटा कचौरामा दही लिनुहोस्, यसमा बेसार हाल्नुहोस् र राम्रोसँग पेस्ट बनाउनुहोस्। यो पेस्ट नुहाउनु भन्दा कम्तिमा २० मिनेट अघि लगाउनुहोस् र छालाको दाग हटाउनुहोस्।

प्रतिक्रिया दिनुहोस्