
एजेन्सी। इन्डिया बुक अफ रेकर्ड्सका अनुसार तमिलनाडुको विरधुनगरको थिरुथंगलका २१ वर्षीय के प्रवीणको जिब्रो १०.८ सेन्टिमिटर लामो छ । युनिभर्सिटी अफ एडनबराका अनुसार औसत पुरुषको जिब्रो ८ दशमलब ५ सेन्टिमिटर हुन्छ । यस हिसाबले उनको जिब्रो औषतभन्दा साढे दुई सेन्टिमिटर लामो हो ।
आफ्ना साथी र परिवारलाई देखाउन थालेपछि प्रवीणलाई आफ्नो जिब्रो साथीहरुकोभन्दा ठूलो लागेको थियो । त्यसपछि उनले जिब्रोबाट नाकको टुप्पोलगायत शरीरका अन्य अंग छुन थाले । झन्डै उनले आखाँ छुन्छन् ।
केही वर्षअघि प्रवीणले एक मिनेटमा २१९ पटक जिब्रोले नाक छोएपछि एसिया बुक अफ रेकर्डमा नाम लेखाउन सफल भएका थिए ।
गिनिज रेकर्डअनुसार हाल क्यालिफोर्नियाको सालिनासका निक स्टोबर संसारकै सबैभन्दा ठूलो जिब्रो भएका व्यक्ति हुन् । उनको जिब्रोको लम्बाई १० दशमलब १ सेन्टिमिटर छ ।