पानी र बिजुली साटासाट



नेपाल र भारत सीमा क्षेत्रमा एकअर्का देशबाट बिजुली र पानी साटासाट गरेर १२ वर्षदेखि सुरक्षाकर्मीहरू सीमा क्षेत्रमा तैनाथ छन् । सीमा क्षेत्रको सुरक्षाका लागि तैनाथ सुरक्षाकर्मीले नेपालबाट बिजुली र भारतबाट पानी ल्याएर आआफ्नो क्षेत्रमा सुरक्षा प्रदान गरिरहेका छन् । हालसम्म उक्त क्षेत्रमा तनाव पनि उत्पन्न भएको छैन ।

नेपालको दाङको कोइलाबास र भारतको बलरामपुर जिल्लाको बालापुरको जरुवा क्षेत्रमा सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीबीचको यो सद्भाव उदाहरणीय पनि देखिएको छ ।

दाङको गढवा गाउँपालिका–८, कोइलाबास क्षेत्रमा पानीको समस्या छ । विशेष गरी फागुनदेखि जेठसम्म उक्त क्षेत्रमा पानीको हाहाकार हुन्छ । पानीका स्रोत (कुवा, धारा) भए पनि हिउँदमा धारामा पानी आउँदैन भने कुवा पनि सुक्छ ।

त्यसैले गर्दा भारतीय क्षेत्रबाट कोइलाबासमा पानी ल्याउनुपर्ने बाध्यता छ । उता बालापुरको जरुवा क्षेत्रमा बिजुली छैन । त्यसको असर भारतीय सीमा सुरक्षा बललाई पर्दछ । सुरक्षाकर्मीले आपूर्ति नेपालबाट बिजुली गरेर अभाव टार्ने गरेका छन् ।

त्यसैले कोइलाबास क्षेत्रमा नेपाल र भारतबीच बिजुली र पानी साटासाट हुन्छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालको बिजुली बाल्छ भने कोइलाबासका नेपालीलाई खानेपानी दिन्छ । यसरी पानी र विद्युत् साटासाट गर्न थालेको १२ वर्ष बितिसक्यो । नेपालतर्फ खानेपानी पाउँदा सुरक्षाकर्मी मात्र होइन स्थानीयवासी पनि खुसी छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्