सुमि संस्कृतिको शब्द तथा स्वरमा ‘तिज आयो’ सार्वजनिक (भिडियोसहित)



प्रसिद्ध सङ्गीतकार नरहरि प्रेमीको सङ्गीतमा रहेको तीजगीत ‘तीज आयो’ को भिडिओ सार्वजनिक भएको छ । सुमी संस्कृतिको शब्दरचना तथा स्वरमा रहेको यस गीतको सङ्गीत संयोजन लक्षु प्रकाश मल्लले गरेका हुन् भने गीतमा मनोज डंगोलको मिक्सिङ / माष्टरिङ रहेको छ ।

जयराम भट्टको निर्देशन र निरेन श्रेष्ठको कोरियोग्राफीमा छायाङ्कन भएको यस गीतको भिडिओमा सुजन विश्वकर्माको सिनेम्याटोग्राफी र राज कुमारको सम्पादन रहेको छ भने भिडिओमा रामचन्द्र अधिकारी, आयुष्मा कार्की, प्राप्ति भट्ट, परमेश्वर दाहाल र युद्ध मगरले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् ।

नारीमाथि हुने गरेका पारिवारिक र सामाजिक विभेदका विषयहरुलाई उजागर पारिएको यस गीतमा शहरको केटो माग्न आयो भनेर पढ्नेलेख्ने उमेरकी छोरीलाई विवाह गरेर पठाइएको र विवाहपछि दु:ख पाएकी छोरीको अवस्थाबारे अभिभावकहरुले कत्तिपनि चासो नराखेको कुरा व्यक्त गरिएको छ । जतिसुकै शिक्षित भएपनि अहिले पनि छोरीहरुले चुलोचौकोमै जिन्दगी बिताउनु परेको पीडा गीतमा पोखिएको छ ।

प्रतिक्रिया दिनुहोस्