गणेश पाण्डेको डकुमेन्ट्री ‘को–हजबेन्ड’ले अमेरिकामा जित्यो उत्कृष्ट अवार्ड



काठमाडाै‌‍‍ – निर्देशक गणेश पाण्डेको डकुमेन्ट्री फिल्म सहायक श्रीमान् ‘को–हजबेन्ड’ ले अमेरिकामा उत्कृष्ट अवार्ड जितेको छ । अमेरिकाको एटलान्टामा भएको ८ औं इन्टरनेशनल फिल्म फेस्टिबलमा डकुमेन्ट्री फिल्म सहायक श्रीमान् ‘को–हजबेन्ड’ ले उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड जितेको हो ।

अवार्ड जितेपछि निर्देशक पाण्डेले खुसी व्यक्त गर्दै डकुमेन्ट्री निर्माण र अमेरिकामा सहभागी हुन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । यसअघि पनि ‘को–हजबेन्ड’ले देश र विदेशमा विभिन्न अवार्ड जितिसकेको छ ।

डकुमेन्ट्रीले नेपालको बहुपति प्रथालाई विषयवस्तु बनाएको छ । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो । घरमा जति दाजुभाइ छन् सबैले एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । यही विषयलाई निर्देशक पाण्डेले पहिलो पटक पर्दामा उतारेका हुन् । हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्