६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न



भूकम्प गएको ७ वर्षपछि ६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन्। पुरातत्त्व विभागका अनुसार २०७२ साल वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पका कारण मुलुकभर १ सय २० वटा सम्पदा क्षतिग्रस्त भएका थियो। तीमध्ये अब २ सय ५७ सम्पदा पुनर्निर्माण गर्न बाँकी रहेको विभागको भनाइ छ। विभागले हालसम्म ७२ प्रतिशत सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको छ।

विभागका प्रवक्ता रामबहादुर कुँवरले क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण सम्पन्न गर्न अझै ३ वर्ष लाग्ने जानकारी दिए। उनले भने, हामीले विसं २०८१ सालसम्म सम्पन्न गर्ने लक्ष राखेका थियौँ। अनुमान गर्दा २०८२ सम्ममा सकिएला जस्तो छ।’ तथ्याङ्कअनुसार भूकम्पले २८ जिल्लाका १ सय २० सम्पदा क्षतिग्रस्त भएको थियो।

विभागले क्षति भएका १ सय २० सांस्कृतिक सम्पदाको मौलिक स्वरूपलाई यथावत् कायम राखी पुनर्निर्माण गरिएको प्रवक्ता कुँवरको भनाइ थियो। उनले आगामी आवमा सम्पदा पुनर्निर्माण गर्न करिब १ अर्ब ६० करोड रुपियाँ विनियोजन गरिएको जानकारी दिए। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्