रोपाइँका लागि मल नआउने



नेपाल–भारतबीच भएको जीटुजी (सरकारदेखि सरकार) सम्झौताका मल वर्षे धान रोपाइँका लागि नआउने भएको छ । सम्झौता भए पनि भारतबाट तोकिएको समयमा मल आउने नआउने निश्चित नभएको बताइएको छ । तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव भारत गएर त्यहाँका सम्बन्धित मन्त्रीलाई भेटेर मल नेपाल ल्याउने सुनिश्चित गरेका थिए ।

असारको दोस्रो हप्तासम्म मल नेपाल आइपुग्ने तत्कालीन मन्त्री यादवले बताएका थिए । तर असार सकिन लाग्दा पनि मल आउने निश्चित देखिएको छैन । तत्कालीन कृषि मन्त्री यादव भारतबाट फर्किसकेपछि मूल्य लगायत अन्य विषयमा सम्झौताका लागि कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीको नेतृत्वमा अर्को टोली भारत गएर फर्केको छ । प्रमुख कार्कीले मल ल्याउने विषयमा भारतसँग कुराकानी भइरहेको बताउँदै मूल्यलगायत अन्य विषयमा कागजात आदानप्रदान भएको र त्यसका लागि सम्झौतापत्रमा हस्ताक्षर हुन बाँकी रहेको बताए । उनले भने, “मल आउँछ तर वर्षे धान रोपाइँका लागि प्रयोग हुने गरी आउँदैन ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्