सेयर लगानीमा ४/१२ को सीमा हटाउन माग



लगानीकर्ताले केन्द्रीय बैंकलाई सेयर लगानीमा ४ करोड तथा करोडको सीमा हटाउन माग गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ४ बुँदे माग पेश गर्दै सेयर लगानीकर्ताका दुई संघ नेपाल इन्भेष्टर फोरम र सेयर लगानीकर्ता संघले ४ करोड एउटा बैंकर करोडसम्मको सेयर कर्जा ऋणको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोले उक्त व्यवस्था हटाउन माग गरेका हुन्।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले ४ करोड तथा १२ करोडको सोमा लगाएको थियो । तर, सेयर बजारमा लगातार गिरावट आएपछि लगानीकर्ताहरू केन्द्रीय बैंक गुहार्न पुगेका छन् । साथै, आर्थिक वर्ष २०७९/०८० को १ साउनदेखि सेयर कर्जामा लगाउने भनिएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिन पनि लगानीकर्ताका संघले अनुरोध गरेका छन्। आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्