दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था



आउँदो जेठ १ गते देखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय मङ्गलबार राजपत्रमा प्रकाशित भएको छ । सरकारले परीक्षणका रूपमा आउँदो जेठ १ गतेदेखि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सोही निर्णय राजपत्रमा प्रकाशित भएको हो । यो बिदा लागू भएसँगै सोमबार देखि शुक्रबारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजे सम्म हुनेछ तर कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजे देखि अपराह्न साढे ४ बजेसम्म हुनेछ ।

२०७९ सालका लागि निर्धारण गरि एका दशैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने संस्थामा भने तेस्रो दिनदेखि गृह मन्त्रालयले निर्धारण गरे अनुसार सेवा प्रवाह गराउनुपर्ने राजत्रमा उल्लेख छ ।

सार्वजनिक समयमा से वा प्रवाह गर्ने कर्मचारीले सट्टा बिदा पाउनेछन् । सार्वजनिक सेवा प्रवाह गर्ने संस्थाहरूमा अस्पताल, स्वास्थ्यचौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत्, खानेपानी अध्यागमन लगायतका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्