बूढानीलकण्ठका जनप्रिय नेता मिठाराम अधिकारीको विगत, वर्तमान र भावी योजना (जीवनीसहित)



काठमाडौं । काठमाडौंको पूर्वीउत्तर क्षेत्रमा रहेको कपन गाविसमा जन्मिएका मिठाराम अधिकारी बाल्यकालदेखि नै सेवा सहयोग र सामाजिक न्यायको पक्षमा बोल्दथे ।

सामाजिक समस्याको समाधान गर्न थप सहयोग पुगोस् भन्ने उद्देश्यले राजनीतिमा आएका मिठाराम अधिकारीले २०४६ सालको जनआन्दोलनपछि नेकपा माले हुँदै नेकपा एमालेको नीति र सिद्धान्त शिरोधार्य गर्दै २०४९ सालको स्थानीय निर्वाचनमा तत्कालिन गाउँपञ्चायतका प्रधानपञ्चसँग ज्यादै थोरै मतान्तरले पराजित भएका थिए ।

२०४९ सालदेखि नै नेकपा एमालेको राजनीतिमा जिम्मेवार सिपाहीको रुपमा भूमिका निर्वाह गरेका अधिकारीले २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट तत्कालिन कपन गाउँविकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।

स्पष्ट विचार, सादा जीवन र जनतासँगको सामिप्यताको कारण बूढानीलण्ठ क्षेत्रमा परिचित बनेका मिठाराम अधिकारी समाजसेवालाई आफ्नो जीवनको लक्ष्य ठान्दछन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकाको प्रमुख दावेदार देखिएका अधिकारीले पार्टी निर्देशनलाई पालना गर्दै टिकटको दौडबाट आफूलाई पछाडी राखे । पार्टीको निर्देशन नै एउटा कम्युनिष्ट कार्यकर्ताको मार्गनिर्देश हुने बुझेका अधिकारीले त्यसपछि समेत समाजसेवा, जनसेवा र विकास निर्माणको कार्यमा निरन्तर सक्रियता देखाईरहे । जिम्मेवारी बिनापनि जनताको समस्या समाधान गर्न सकिन्छ भन्ने भावनालाई अधिकारीले पटक–पटक पुष्टि गरिसकेका छन् ।

जनता, विकास र पार्टीको सर्वाेपरी हितमा निरन्तर लागिरहने मिठाराम बोल्दा खरो ढङ्गले प्रस्तुत भएपनि हार्दिकता र सकयोगी भावनाका साथ न्याय र सत्यको मार्ग खोज्दछन् । पछिल्लो प्रदेश सभा सदस्यको अवसरबाट समेत पछाडी परेका अधिकारी आत्मविश्वासका साथ जनताको चासो र सरोकारमा निरन्तर लागि नै रहे ।

राजनीतिक उतारचढावलाई जीवनको पर्याय मान्ने बूढानीलकण्ठका लोकप्रिय नेता मिठाराम अधिकारीको संक्षिप्त जीवनी, विगतमा गरेका योगदान र भावी योजनाको बारेमा परिवर्तन खबरले तयार पारेको सन्दर्भ सामग्री :

राजनीतिक जीवन

सानैदेखि श्रमदानमार्फत पार्टीपौवा, बाटोघाटो, खानेपानीको लागि योगदान पुर्याएका मिठाराम अधिकारी गाउँमा बसोबास गर्ने गरिव, दुःखी जनताको जीवनस्तर उकास्न कम्युनिष्ट पार्टीप्रति आकर्षित भएको बताउँछन् ।

२०४७ सालमा स्थापना भएको युवाहरुको लोकप्रिय संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायुसंघ) को कपन गाउँ कमिटीको अध्यक्ष बने । नेकपा एमालेबाट पहिलो कपन गाउँ कमिटीको सचिव भएका रामहरि भण्डारीपछि २०४९ देखि २०५२ सम्म २ कार्यकाल नेकपा एमालेको पार्टी सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे ।

नेकपा एमालेको ईलाका कमिटी, क्षेत्रीय कमिटी, जिल्ला कमिटी हुँदै अधिकारी अहिले नेकपा एमालेको प्रदेश संगठन कमिटीका सदस्यको जिम्मेवारीमा छन् ।

युवाअवस्थादेखि नै कम्युनिष्ट पार्टीका विभिन्न पुस्तकहरु पढेपछि वास्तवमा गरीब तथा सर्वहारा व्यक्तिहरुको मुक्ति गर्ने पार्टी कम्युनिष्ट पार्टी मात्र हुनसक्छ भन्ने बुझेका अधिकारी २०३६ सालको जनमतसंग्रहमा बहुदलको पक्षमा खुलेर लागेको बताउँछन् ।

जनपक्षीय उम्मेद्वार पद्मरत्न तुलाधरको पक्षमा चुनावी अभियानमा होमिएका अधिकारी लामो समयसम्म कम्युनिष्ट पार्टीको कमिटीगत सम्पर्कमा जोडिए सकेनन् ।

२०४६ सालमा निर्दलीय पंचायती व्यवस्थाको समाप्तिपछि नेकपा माले हुँदै एमालेमा जोडिएका अधिकारी कपन क्षेत्रमा चिनिएका कम्युनिष्ट पार्टीका ३ सदस्य मध्ये आफू एक भएको बताउँछन् । हामीसँगको कुराकानीमा अधिकारीले भने, ‘त्यो बेला कपनमा कम्युनिष्ट भनेकै विष्णु सापकोटा (गणेश), नवराज सापकोटा र म मात्र थियौँ ।’

२०४८ सालको आमनिर्वाचनमा मल्ल के. सुन्दरलाई जिताउन खटेका अधिकारीले २०४९ सालमा पंचायतका तत्कालिन प्रधानपन्च हुँदै काँग्रेस प्रवेश गरेका आत्माराम पौडेलसँग तात्कालीन गाउँ विकास समितिको अध्यक्ष पदमा झिनो मतले पराजित भए । २०५४ सालको स्थानीय निर्वाचनमा आत्माराम पौडेलसँगै उठेर बाजी मारेका अधिकारीले आफ्नो ५ वर्षे कार्यकालमा विकास निर्माणमा छलाङ्ग मारेर काठमाडौं जिल्लाभरि स्थापित गाउँ विकास समिति अध्यक्षको रुपमा चर्चित भए ।

धुम्रपान, मद्यपान नगर्ने शाकाहारी मिठाराम

मिठाराम अधिकारी नेकपा एमाले बागमती प्रदेश कमिटीका नेता तथा बूढानीलकण्ठ नगरपालिकामा विकासवादी नेताको रुपमा समेत परिचित छन् । सादा जीवन र जनसेवालाई राजनीतिको केन्द्रमा राख्ने अधिकारी ध्रुमपान र मद्यपानबाट टाढा छन् ।

२० वर्ष अघिसम्म मासुका पारखी अधिकारी दुई दशकदेखि शाकाहारी जीवन बिताइरहेका छन् । काठमाडौंमा जन्मिएर हुर्किएका अधिकारी धुम्रपान, मद्यपान नगर्ने र साकाहारी जीवन बिताउने नेकपा एमालेका नेता हुन् ।

पारिवारिक जीवन

२०१७ साल कार्तिक २४ गते (नागरिकता अनुसार २०२५ साल कार्तिक २२ गते) तत्कालीन कपन गाउँ पंचायतमा बुवा लक्ष्मण अधिकारी र आमा मैंया अधिकारीका ४ जना सन्तानमध्ये मिठाराम परिवारका दोश्रो सन्तान हुन् । उनको परिवारमा अहिलेपनि १ दाजु र २ बहिनीहरु छन् ।

२०३२ सालमा मञ्जुसँग मागी विवाह गरेका अधिकारीका ३ छोरी र १ छोरा छन् । उनका सवै छोराछोरीको विवाह भईसकेकाले अधिकारी बाँकी जीवन समाजसेवामा बिताउन चाहन्छन् ।

औपचारिक शिक्षा

बाह्रखरी चिनेपछि कपनको ग्रामशिक्षा प्रथामिक विद्यालयमा कक्षा ५ सम्म पढेका मिठाराम अधिकारीले पशुपति क्षेत्रको शिवपार्वती माविबाट कक्षा ६ र ७, पशुपति मित्र मावि चावहिलबाट ८ र ९ पूरा गरी भक्तपुरको वासु माध्यमिक विद्यालयबाट टेष्टसम्मको अध्ययन पूरा गरेका छन् ।

विद्या भण्डारीका निशर्त सहयोगी

२०५० साल जेठ ३ गते दासढुङ्गामा जननेता मदन भण्डारीको हत्या भएपछि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई जिताउन चुनावी मोर्चाको कमाण्डर भएर खटिएका अधिकारीले पार्टी नेतृ भण्डारीलाई जिताएर आफ्नो मिसन पूरा भएको बताउँछन् ।

२०५१ सालमा भएको मध्यावधि निर्वाचनमा समेत विद्यादेवी भण्डारीलाई जिताउन महत्वपूर्ण योगदान पुर्याएका अधिकारीले २०५६ सालको आमनिर्वाचनमा समेत भण्डारीलाई जिताउन सहयोग गरे ।

कसरी मिठाराम अधिकारी विकासप्रेमी भए त ?

म निर्वाचित हुनुभन्दा अगाडि कपन छिर्ने सानो बाटो थियो । वर्षामा निलोपुल तर्न सारै गाह्रो हुन्थ्यो । त्यसैले मैले सबैभन्दा पहिले फलामको निलोपुल बनाएँ । आफू गाविस अध्यक्ष हुँदा गरेका कामको फेहरिस्त बताउँने क्रममा उनले भने,

कपन क्षेत्रमा तात्कालीन ३ नम्बर वडा अध्यक्ष प्रमोद कँडेल म भएर कपनमा निकै सडकबाटो खोल्यौँ। जसमा ः

   पन्चकन्या–राममन्दिर (चकुञ्चा खहरेदेखि राममन्दिरसम्म) बाटो खोलियो ।

   आकाशेधारादेखि अहिलेको अधिकारी मोडसम्म बाटो खोलियो ।

   आकाशेधारा–मटबहालदेखि साप्रेढुँगासम्म राजकुलोलाई नयाँ बाटो बनाउन शुरु गरियो ।

   मितेरी पुल निर्माण गरियो ।

   साप्रेढुङ्गा–च्यानेखोला हुँदै चुनिखेल जानको लागि ट्रयाक बाटो खोलियो ।

   साप्रेढुङ्गादेखि स्पेशलचोकसम्म १२ फिटे बाटोलाई २२ फिटे बनाईयो ।

   कृष्णमन्दिरदेखि जगडोलसम्म ट्रयाक रोड खोल्ने कामको शुरुवात गरियो ।

   तेञ्जिङ्ग चोकदेखि ह्याण्डबलसम्म बाटो विस्तार र पिच गर्ने काम शुरु गरियो ।

   मिलनचोकदेखि माउन्ट कैलाश स्कूलसम्म कालोपत्रे गर्ने कामको शुरुवात गरियो ।

   नारायणचोकदेखि मिलनचोकसम्म कालोपत्रे गर्ने काम शुरु गरियो ।

   पाथीभरा टोलदेखि तरकारी बजारसम्म ढल राख्ने काम शुरु गरियो ।

   साततलेदेखि राममन्दिरसम्मको बाटोलाई १६ फिटबाट २२ फिट बनाई कालोपत्रे गर्ने काम शुरु गरियो ।

   निलोपुलदेखि भण्डारी गार्मेन्टसम्मको बाटोलाई १६ फिटबाट २२ फिट बनाई कालोपत्रे गर्ने काम सम्पन्न गरियो ।

   तेञ्जिङ्गचोक–फैका–चुनिखेलहुँदै चपलीचोकसम्म जानेबाटोलाई बजेटको सुनिश्चितताको लागि पहल गरियो ।

   खरिबोटबाट पैंयुटारसम्मको बाटो विस्तार गरी गाडी आवतजावत गर्ने व्यवस्था मिलाईयो ।

   खत्रीगाउँदेखि लसुनटार जाने बाटो बनाउने कामको शुरुवात गरियो ।

   मोटबहालको भित्रीबाटो खोल्ने कामको थालनी गरियो ।

   वालुवाखानीदेखी निखिलेश्वर मार्गको बाटो खोल्ने कामको शुरुवात गरियो ।

   कपन चौकी निर्माणमा सहयोग गरियो ।

   पाथिभरा वस्तीलाई व्यवस्थित गर्न, खानेपानी, बिजुली जडान र सडकको व्यवस्था गरियो ।

   कपन साहित्य समाजको स्थापना गरियो ।

   सिद्धेश्वर मन्दिर निर्माणमा भूमिका खेलियो ।

   कपन जोरधारा खानेपानीको व्यवस्था मिलाईयो ।

शिक्षामा योगदान

   बालउद्धार माध्यमिक विद्यालयलाई जग्गा प्रदान गरियो ।

   बालकुमारी प्राविको भवन निर्माणमा सहयोग गरियो ।

   चाईल्ड नेपालका मित्रहरु कृष्ण सुवेदी र रत्न उप्रेतीको सहयोगमा चार्टर स्कूलको स्थापना गरियो ।

   बालउद्धार मावि, ग्रामशिक्षा मावि, यज्ञमति माविमा शिक्षक, कर्मचारीको व्यवस्था गरी विद्यालयको संचालनमा सहयोग गरियो ।

कपन क्षेत्रमा पहिलेदेखि नै खानेपानीको समस्या थियो । त्यसैले खानेपानीको समस्या समाधान गर्न कहिले शिवपुरी र कहिले तारेभिरसम्म पानीको पाईप र खन्ने सामग्री लिएर पटकौँ स्वयम्सेवा गरेका अधिकारीले अहिले आफ्नै जग्गाबाट चुनिखेलका ४५० भन्दा बढी परिवारलाई खानेपानीको व्यवस्थापन गरेका छन् ।

कपन क्षेत्रको जोरधारा खानेपानीको विकास र विस्तारमा लगाईएको सप्ताहमा दाताहरु खोज्न सहयोग गरेर त्यो बेला ११ लाख भन्दा बढी रकम समेत उठाईयो ।

समृद्ध बूढानीलकण्ठको लागि अवको योजना

   १९ वटै सामुदायिक विद्यालयको स्तरोन्नति गरी सुविधा सम्पन्न बनाई स्थानीय नगरवासीका छोराछारी पढ्न लायक सामुदायिक विद्यालय बनाउने ।

   बूढानीलकण्ठ नगरपालिकाको मातहतमा एउटा नमूना प्राविधिक क्याम्पस संचालन गरी प्राविधिक धारको पढाईलाई विश्वासयोग्य बनाउने ।

   बूढानीलकण्ठ नगरपालिका भित्रका अन्य सामुदायिक क्याम्पसहरुलाई समेत नमूना बनाउन पहल गर्ने ।

   बूढानीलकण्ठ नगर अस्पताललाई स्तरोन्नति गरी गरिवलाई निःशुल्क उपचारको व्यवस्था गर्ने । उक्त अस्पतालमा साना अपरेशनहरु गर्न सक्ने २४ सै घण्टा सेवा दिने सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्ने । नगर अस्पतालमै अत्यन्तै कम मूल्यमा सबै किसिमको स्वास्थ्य परिक्षण गर्ने ल्याब स्थापना गर्ने ।

   बूढानीलकण्ठमा स्थायी बसोबास गर्ने फरक क्षमता भएका नगरवासीलाई जिविकोपार्जन हुने गरी अनुदान सहयोग गर्ने ।

   हरियाली प्रवद्र्धन गर्न खाली रहेका स्थानहरुमा वृक्षारोपण गरी हुर्काउने व्यवस्था मिलाउने ।

   सड्ने फोहोरलाई प्रशोधन गरी कम्पोष्ट मल बनाउने र नसड्ने फोहोरलाई प्रशोधन गरी विक्री गर्ने व्यवस्था मिलाउने ।

   उद्यमशीलता विकासको लागि राष्ट्रिय स्तरका बैंकहरुसँग साझेदारी गरेर स्थानीय सहकारी मार्फत रोजगार सिर्जना गर्ने ।

   स्थानीय संचारमाध्यमहरुलाई दिगो संचालनको लागि बूढानीलकण्ठ संचार नीति बनाई सोही अनुरुप अगाडि बढ्ने ।

   आवश्यकता अनुसार विभिन्न वडाहरुमा सार्वजनिक पुस्तकालय तथा सूचना केन्द्र स्थापना गर्ने ।

   बूढानीलकण्ठ मन्दिरको गुरुयोजना कार्यान्वयन गर्र्दै बूढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने ।

   बूढानीलकण्ठ नगरपालिकाकै गौरवको आयोजना बनाई बूढानीलकण्ठ–१३ चुनिखेलस्थित सुवर्ण शम्शेर क्रिकेट मैदान निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने ।

   २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुले शुरु गरी अधुरा रहेका कामहरुलाई विशेष प्राथमिकता दिई पुरा गर्ने ।

   नेकपा एमाले बूढानीलकण्ठ नगर कमिटीले जारी गरेको प्रतिबद्धता पत्र अक्षरस कार्यान्वयन गर्ने ।

प्रतिक्रिया दिनुहोस्