कन्फुसियस इन्ष्टिच्यूटको चियादेखि चियाकै कुराकानी : साँस्कृतिक सञ्चार कार्यक्रम सम्पन्न



काठमाडौं । कन्फुसियस इन्ष्टिच्यूट एट त्रिभुवन विश्वविद्यालयले चिनियाँ भाषा दिवसको अवसर पारी काठमाडौंको नागपोखरीमा चियादेखि चियाकै कुराकानी : साँस्कृतिक सञ्चार कार्यक्रम पूर्व राजदुत लिलामणी पौडेलको प्रमुख आतिथ्यतामा  सम्पन्न गरेको छ ।

चिनियाँ भाषा दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पौडेलले मित्र राष्ट्र चीनको विकास र संस्कृति बुझ्न सबैभन्दा पहिले चिनियाँ भाषा सिक्नुपर्छ भन्दै आफू राजदूत भएकै समयमा नेपाली दुतावास बेइजिङमा प्रोफेसर लिउसँग छलफल गरेको समेत जानकारी गराए ।

त्रिभुवन विश्वविद्यालय र बालउद्धार मा. वि. बीच सम्झौता : आगामी शैक्षिक सत्रदेखि चिनियाँ भाषा पढाउने समझदारी

पूर्वराजदुत पौडेलले नेपालीलाई चिनियाँ भाषा सिकाउनुको साथै चिनियाँलाई नेपाली भाषा सिकाउन सके दुई देश बिचको साँस्कृतिक सम्बन्ध अझ दरिलो हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवलाल भुषालले आफ्नो विश्वविद्यालयले कन्फ्युसीयस कक्षा संचालन सँगै चीनका अन्य विश्वविद्यालयसँग अध्ययन अनुसन्धानका क्षेत्रमा सहकार्य र साझेदारीको पहल गरिरहेको बताए ।

अतिथि वक्ताकै रुपमा नेपाल छिङहाई ब्यापार संघका अध्यक्ष चाङचिङ साङले अरुले संचालन गरेको ब्यापार चीनबाट सामाग्री आयात गर्ने भएपनि आफूले नेपालमा घाँस उत्पादन गरी चीन निर्यात गरिरहेको बताए ।

चिनियाँ संस्थाद्वारा बालउद्धार मा.वि.मा पुस्तक तथा स्वास्थ्य सामग्री वितरण

यसका साथै मुस्ताङको स्याउ, सिन्धुलीको जुनार चीन निर्यातको लागि आफूले काम गरिरहेको समेत बताए । चिनियाँ भाषा दिवसको दिन आयोजित कार्यक्रममा साङले प्रष्ट नेपाली भाषामा सम्बोधन गर्दै आफू निरन्तर १५ बर्षदेखि नेपाललाई समृद्ध बनाउन योगदान पुर्याईरहेको समेत बताए ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. बाल मुकुन्द रेग्मीले छोटो समयको तयारीमा आयोजित कार्यक्रमले चिनियाँ चिया संस्कृति बुझ्न सहयोग पुगेको बताए ।

कार्यक्रम स्थलमै चिनियाँ महिलाले चिनियाँ चिया तयार गरी अतिथिहरुलाई सत्कार गरेकी थिईन भने चिनियाँ भाषा सिक्ने नेपाली युवाहरुले समेत नेपाली चिया बनाएर अतिथि सत्कार गरेका थिए ।

फोटोमा चियादेखि चियासम्मका कार्यक्रम

प्रतिक्रिया दिनुहोस्