फरक सन्देश बोकेको रास्ट्रिय गीत ‘नेपाल’ सार्वजनिक (भिडियोसहित)



देशको बिम्ब के हुन्छ ? देश त भूगोल मात्र हो रास्ट्रको असली अनुहार त जिबन हुन्छ भन्ने बिचार बोकेको म्यूज़िक भिडियो ‘नेपाल’ सार्वजनिक भएको छ।

विकास सुवेदीले निर्देशन गरेको भिडियो बाँके जिल्लाको नेपाल भारत सिमाबाट सुरु भएर नेपाल चीन सिमामा रहेको मुगु जिल्लामा पुगेर सकिन्छ । लोकप्रिय गायक रामचन्द्र काफ्ले ,जुनु रिजाल र स्मिता दाहालको स्वर रहेको गीतमा रामचन्द्र काफ्लेको सगीत र महेश दाहालको शब्द रचना रहेको छ ।

सशस्त्र युद्धको समयमा बर्दीयामा माओवादी बिद्रोहीले हत्या गरेका सहिद गोबिन्द पौडेलको सम्झना निर्माण गरिएको भिडियोको छायांकनका लागि दैलेखको गुरासेमा रहेका राउटे बस्तीमा सम्म निर्माण युनिट पुगेको थियो । नेपाल तराई, पहाड र हिमालको संयोजन हो भनिएको भिडियोमा विवेक पौडेलको अभिनय, सागर प्रधानको छायांकन र प्रकाश बस्नेतको सम्पादन रहेको छ । सामान्यतय रास्ट्रिय गित भन्ने बितिकै रास्ट्रिय झन्डा र बिभिन्न जातजातिको भेष भुषा देखाउने गरिने भए पनि यो भिडीयो भने फरक बनेको छ । ”म भिडीयोमा आबरण भन्दा आत्मा र झकिझकाउ झिलीमिली भन्दा बास्तबिकता देखाउन चाहन्छु” त्यही इमान्दार प्रयास गरेको निर्देशक बिकास सुबेदीले बताए। भिडियोमा बास्तबिक नेपाली जिबन देखाउन ठुलो मेहनत गरेको गायक तथा संगीतकार रामचन्द्र काफ्लेले बताए।संगित र साहित्य आबरणमा कस्तो बजारमा चल्छ भन्दा पनि देशको बास्तबिकता बढी केन्द्रित हुनुपर्ने उनको भनाई रहेको छ ।

१० दिन लगातार सुटिङ गरिएको भिडियो कर्णाली प्रदेशका ६ जिल्लामा छायांकन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्