समीक्षा अधिकारीले खोलिन् पल शाहसंगको संबन्धको सत्यता



गायिका समीक्षा अधिकारीले आफूलाई अभिनेता पल शाहले पीडित बनाएको बताएकी छन् । टिसिने नेपालले सार्वजनिक गरेको एक अडियो अन्तर्वार्तामा पलले आफूलाई सुरुमा फकाएर माया देखाएको र अहिले छाड्न खोजेको उनले आरोप लगााएकी छन् ।

पहिलो पटक पोखरामा म्युजिक भिडियो सुटिङमा आफूलाई निर्माण युनिटले लैजानु समेत पलकै प्लानिङ भएको पछि थाहा पाएको बताएकी समीक्षाले त्यसपछिका घटनाक्रम समेत सविस्तारमा राखेकी छन् । अडियोमा समीक्षाले आफ्नो पछिल्लो सम्बन्ध बाहिर ल्याउने स्टाटसदेखि मिडियामा गसिपको रुपमा आएको मोडल कविता रायसम्मको झगडाको बिषयमा समेत कुराकानी गरेकी छन् ।

पल र समीक्षाबीच अन्तरङ्ग सम्बन्ध रहेको गसिपको आगो अहिले मिडियामा बलिरहेको छ । उक्त आगोलाई समीक्षाको अडियोले थप बल पुर्याएको छ । समीक्षाले अडियोमा केही पत्रकारको नाम समेत लिएकी छन् । जसले आफूलाई पलसँगको कुरामा दवाव श्रृजना गरेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्