लोकप्रिय हाँस्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’ लाई मातृशोक



चर्चित हास्य कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’लाई मातृ शोक परेको छ । शुक्रबार बिहान साढे दुई बजे ग्रिनसिटी अस्पतालमा उनकी आमा विमला घिमिरेको निधन भएको कलाकार कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिएका छन् ।

६८ बर्षकी विमलालाई ९ महिना अगाडि मस्तिस्कघातको कारण ग्रिनसिटी अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा केही अप्रेसन गरिएको थियो । अप्रेसनपछि विमला कोमामा पुगेकी थिइन् ।

हिन्दु धर्मअनुसार आजै अर्जुनकी आमाको अन्मित संस्कार गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्